बाँकेमा कोरोना संक्रमित बढ्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_UIxDgs76ai.jpeg
)
नेपालबहस संवाददाता
साउन १२, २०७९ बिहिबार १८:१८:३७
![](https://nepalbahas.prixacdn.net/media/albums/covid-19_DI7hxOPMMq.jpg)
१२ साउन, नेपालगंज । बाँकेमा खुला सिमानाका कारण कोरोना संक्रमितको संख्या बढदै गएको छ । स्वास्थ्यकर्मीले सतर्कता अपनाउन आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या अहिलेसम्म ५७ पुगेको छ । सीमाक्षेत्र जमुनाह र भेरी अस्पतालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
ती बिरामीमा विगतमा जस्तो डरलाग्दो अवस्था नभएको र सामान्य रुघाखोकीको लक्षण मात्रै देखिएकाले आत्तिनुपर्ने अवस्था नभएको उनले बताए। भेरी अस्पताल नेपालगंजमा १६ जनाको पिसीआर परीक्षण गर्दा दुई र जमुनाहानाकामा एक जनाको एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो । अधिकांशले होमआइसोलेशनमा स्वास्थ्यलाभ गरिरहेका छन् ।सोसँगै जिल्लामा कूल कोरोना संक्रमितको संख्या २१ हजार १५४ पुगेको उक्त केन्द्रले जनाएको छ ।
बाँकेमा अहिलेसम्म २० हजार ७४३ कोरोना संक्रमित निको भइसकेका र ३५४ जनाको मृत्यु भएको थियो ।पछिल्लो केही दिनदेखि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सीमा क्षेत्रमा आवतजावतमा कडाइ गर्नाका साथै स्वास्थ्य मापदण्ड पालना गर्नसमेत आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार