इराक: बग्दादमा उच्च सुरक्षा क्षेत्र तोड्दै प्रदर्शनकारी संसद् भवनमा प्रवेश
नेपालबहस संवाददाता
साउन १२, २०७९ बिहिबार १८:२२:३६
१२ साउन, एजेन्सी । इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन् । सुरक्षाकर्मीहरूले संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई केही बेर रोके पनि ठूलो भीड भवनभित्र छिरेको सुरक्षा स्रोतले एएफपीसँग पुष्टि गरेको छ ।
उनीहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन् । गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन ।
संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरे पनि अन्ततः उनीहरू संसद भवनभित्र छिर्न सफल भएका थिए ।
प्रदर्शनकारीहरू प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसदहरू उपस्थित थिएनन् । प्रदर्शनकारीहरूको भीड सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहने ग्रिन जोनमा प्रवेश गरेको थियो । यो क्षेत्रमा विभिन्न देशका दूतावासहरू सहित राजधानी स्थित सबैभन्दा महत्वपूर्ण भवनहरू छन् ।
इराकका प्रधानमन्त्री मुस्तफा अल–खादिमीले प्रदर्शनकारीहरूलाई संसद् भवन छोड्न आग्रह गरेका छन् भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै टेबलहरूमा सुतेका थिए। नौ महिना लामो गतिरोधपछि इरानमा अशान्ति सुरु भएको हो ।
त्यहाँ देशका विभिन्न राजनीतिक समूहहरूबीचको विवादका कारण निर्वाचनपछि नयाँ सरकार गठन हुन सकेको छैन। इराकमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएका शिया धर्मगुरु सदरको दलले अक्टोबरको निर्वाचनमा जीत दाबी गरेको थियो ।
तर, आफ्ना प्रतिद्वन्द्वीसँग सहकार्य गर्न सदर तयार नभएपछि उनको दलले सरकार निर्माणका लागि गठबन्धन बनाउन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
पर्यटकीय क्षेत्र सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
पुष २०, २०८१ शनिबार
एमाले केन्द्रीय समिति बैठक आइतबार बस्दै, प्रत्येक सदस्यलाई ३ मिनेट बोल्न दिइने
पुष २०, २०८१ शनिबार
नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने
पुष २०, २०८१ शनिबार
९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार