शुक्रबारदेखि सयपत्री हाइड्रोपावरले आईपीओ बिक्री खुला गर्ने, कर्मचारीलाई कति कित्ता ?
नेपालबहस संवाददाता
साउन १२, २०७९ बिहिबार १८:३७:३७
१२ साउन, काठमाडौं । सयपत्री हाइड्रोपावरले १३ साउन शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको एक लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल सात लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
यसमध्ये ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जानकारी गराएको छ ।
यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । छिटोमा १७ साउनसम्म आवेदन दिन पाइने छ । उक्त समयमा सबै शेयर बिक्री नभएमा भने २७ साउनसम्म खुला रहनेछ । आईपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ।
मेरो शेयर मार्फत अनलाइनबाट पनि आवेदन दिन सकिने छ। यो आईपीओमा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल रहेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार