कोरोना संक्रमित बढेसंगै सतर्कता अपनाउन आग्रह
नेपालबहस संवाददाता
साउन १२, २०७९ बिहिबार १८:४८:२१
१२ साउन, वालिङ । केही समयदेखि कोभिडका बिरामी शून्य रहेको स्याङ्जामा पछिल्लो समय सक्रिय संक्रमित ह्वात्तै बढेका छन् । जिल्लास्थित विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या बढेको हो । अधिकांश बिरामीमा उच्च ज्वरो आउने, निरन्तर खोकी लाग्ने समस्या तथा कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेकाले ‘एन्टिजेन’ परीक्षण गर्दा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख वसुन्धरा शर्माले बताए ।
जिल्लाका ११ पालिकामध्ये हाल पुतलीबजार, वालिङ र चापाकोट नगरपालिकामा संक्रमणदर धेरै छ । संक्रमण देखिएका बिरामीलाई आवश्यक औषधि तथा स्वास्थ्य परामर्शसहित होमआइसोलेशनमा बस्न र अप्ठ्यारो भएमा तुरुन्तै स्वास्थ्य संस्थामा आउन अनुरोध गरिएको उनले बताए ।
“बिरामीलाई अहिले होमआइसोलेशनमा बस्न भनेका छौँ भने स्वास्थ्यमा कुनै असजिलो महसुस भएमा तत्कालै नजिकैको स्वास्थ्य संस्थामा खबर गर्न वा आउन भनिएको छ”, उनले भने, “स्वास्थ्य संस्थामा आवश्यक उपकरण अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर, एन्टिजेन किट, एम्बुलेन्स तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन खबर गरिसकेका छौँ ।” संक्रमणदर बढ्दै जान थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले सक्रियता बढाएको छ ।
पहिलाको जस्तै कोरोनाले दीर्घरोगी वा लामो समयदेखि औषधि सेवन गरिरहेएका ज्येष्ठ नागरिकलाई समस्या पार्न सक्ने भएकाले उक्त वर्गका मानिसले उच्च सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिए । “सकेसम्म भीडभाडमा नजान र जानैपर्ने अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ”, उनले भने, “स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्डको पालनामा जोड दिनुहोस् ।”
कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विगतमा संचालनमा आएका आइसोलेशन केन्द्रलाई स्थानीय तह तथा सम्बन्धित सरोकारवालाको समन्वयमा तयारी अवस्थामा राखिने उनले बताए । कोभिड–१९ को परीक्षणको दायरालाई बढाउँदै लैजानका लागि आवश्यक ब्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा एक हप्ताको अवधिमा ५७ जनाको कोरोना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सिनियर ल्याब असिस्टेन्ट ईश्वर कोइरालाले जानकारी दिए । “उच्च ज्वरो, रुघाखोकी, जीउ दुखेका वा कोरोनाको सम्भावित लक्षण देखिएका बिरामीको परीक्षण गर्दै आएका छौँ”, उनले भने, “बीचमा हराएको कोरोना संक्रमण फेरि ह्वात्तै बढेको छ, उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ ।” पुतलीबजार र चापाकोट नगरपालिकामा पनि कोरोनाको संक्रमणदर बढ्दै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पुष २८, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने, दिउँसो पत्रकार सम्मेलन
पुष २८, २०८१ आइतबार