विक्कीसँग किन डरायो जियो स्टुडियो ?
नेपालबहस संवाददाता
साउन १२, २०७९ बिहिबार १९:२०:४२
१२ साउन, मुम्बई । ‘उरी : द सर्जिकल स्ट्राइक’जस्तो सुपरहिट फिल्म बनाएका निर्देशक आदित्य धर आफ्नो ड्रिम प्रोजेक्ट ‘द इम्मोर्टल अश्वत्थामा’लाई लिएर चर्चामा छन् । यो फिल्मलाई लिएर दिनहुँ नयाँ खबर बाहिर आइरहेका छन् ।
पछिल्लो खबरअनुसार फिल्मका निर्माताले प्रमुख अभिनेताका रुपमा अनुबन्धित अभिनेता विक्की कौशलको स्थानमा अर्को अभिनेतालाई अनुबन्ध गर्ने सोच बनाएका छन् । यो विषयमा निर्देशक आदित्य र निर्माताबीच निकै लामो बहससमेत भएको छ ।
आदित्यले फिल्मका लागि अभिनेता विक्कीलाई प्रमुख भूमिकामा फाइनल गरेका थिए । तर, निर्माण कम्पनी जियो स्टुडियोले विक्कीमाथि फिल्मको २२५ करोड रुपैयाँ दाउमा लगाउन चाहेको छैन । जियोले विक्कीमाथि आफ्नो भरोसा नभएको जनाएको छ । जियोले विक्कीको स्थानमा रणवीर सिंह वा ऋतिक रोशनलाई लिन चाहेको छ ।
जियोले फिल्मका लागि अभिनेत्रीका रुपमा सामन्था रुथ प्रभुलाई कास्ट गर्न कुनै आपत्ति जनाएको छैन । तर, उसले विक्कीको हकमा भने यति धेरै बजेट लगानी गर्न उचित ठानेको छैन ।
हालैमात्र फिल्म निर्मातासमेत रहेका आदित्य धरले रकी स्क्रुवालाको फिल्ममा काम गर्न अस्वीकार गरेपछि यो ठूलो बजेटको फिल्मका लागि जियो स्टुडियोसँग कुराकानी गरेका छन् । कुराकानी अनुसार नै जियोले फिल्मका लागि २२५ करोड लगानी गर्न सहमत भएको हो ।
फिल्म आगामी वर्ष २०२३ मेमा फ्लोरमा जाने सम्भावना छ । जसका लागि आदित्य फिल्मको प्रि–प्रोडक्सनको काम पुरा गर्ने ध्याउन्नमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार