‘शमशेरा’ फ्लप हुनुको कारण के हो ?
नेपालबहस संवाददाता
साउन १२, २०७९ बिहिबार १९:३७:३४
१२ साउन, मुम्बई । अभिनेता रणवीर कपूरको फिल्म ‘शमशेरा’ बक्सअफिसमा पूर्ण रुपमा असफल साबित भइसकेको छ । चार वर्षपछि थिएटरमा पुनरागमन गरेका रणवीरबाट फ्यानले ठूलो आशा राखेका थिए । तर, यो आशा निराशा बदलिन धेरै समय लागेन । उनको फिल्म यो वर्ष फ्लप हुनेको सूचीमा परिसकेको छ ।
फिल्मले पहिलो दिन १० दशमलब २५ करोड ओपनिङ गरेको फिल्म हरेक दिन बक्सअफिसमा गिर्दो अवस्थामा रह्यो । रिलिजको ६ दिनसम्म रणवीर र सञ्जय दत्तको फिल्मले ४० करोडको आँकडा पनि पार गरेको छैन । फिल्म विश्लेषकहरूले ठूलो ब्यानरको फिल्म किन फ्लप भयो भनेर यसका ६ कारणको पहिचान गरेका छन् ।
कमजोर ट्रेलर
फिल्म ‘शमशेरा’ फ्लप हुन्छ भन्ने अनुमान २४ जूनमै लगाइएको थियो, जुन दिन फिल्मको ट्रेलर रिलिज भएको थियो । ट्रेलर रिलिजपछि फिल्ममा केवल संवादबाहेक अरु केही छैन भन्ने प्रष्ट भइसकेको थियो । वाणी कपूरले फिल्ममा कोल्ड शोल्डर टप लगाउनु अर्को मजाक बनेको थियो । सञ्जयको अनौठो तरिकाले संवाद बोल्ने शैलीलाई पनि सामाजिक सञ्जालमा मजाकको विषय बनाइयो । समग्रमा ट्रेलरले दर्शकलाई हलमा तान्न सकेन ।
रणवीरको इमेज
पहिलो फिल्म ‘सावरिया’बाट रणवीरको इमेज एक लभर ब्वाईवाला बनेको छ । ‘रकस्टार’, ‘वेक अप सिड’, ‘ये जवानी है दीवानी’ जस्ता फिल्मको सफलताले उनको इमेजलाई अझ मजबुत बनायो । यस्तो अवस्थामा चार वर्षपछि कमब्याक गरेको फिल्मले उनलाई डकैत बनाएको छ । दर्शकले यहीकारण उनको यो लुक्सलाई स्वीकार गर्न सकेनन् ।
कमजोर संगीत
फिल्ममा कुनै यस्तो गीत छैन, जुन गीत दर्शकले हलबाट बाहिर निस्किएपछि सम्झिरहुन । संगीतकार मिथुनले यति ठूलो फिल्म कहिल्यै गरेका थिएनन्, जसकारण उनले फिल्मका लागि एउटा पनि हिट गीत दिन सकेनन् । यसलाई पनि फिल्मको एउटा कमजोर पक्ष मानिएको छ ।
कथामा अलमल
फिल्ममा सञ्जय दत्तलाई भिलेनका रुपमा देखाइएको छ । यसअघि पनि दर्शकले उनलाई ‘अग्नीपथ’ र ‘केजीएफ २’ जस्ता फिल्ममा भिलेनको रुपमा देखिसकेका छन् । दर्शकले उनको चरित्रलाई नयाँ बोतलमा पुरानो रक्सी जस्तो माने र उनलाई अस्वीकार गरे ।
केजीएफ २ सँग तुलना
फिल्मको लािग सबैभन्दा हानिकारक पक्ष नै ‘केजीएफ २’सँग यसको तुलना गर्नु रह्यो । सामाजिक सञ्जालमा लगातार यसलाई लिएर बहस चल्यो कि यदि ‘शमशेरा’ ‘केजीएफ २’ भन्दाअघि रिलिज भएको भए यो हिट हुने सम्भावना थियो । रक्कीसँग रणवीरको तुलना हुन थाल्यो, जुन नै ठूलो भूल बन्यो ।
विवाद
फिल्मको फस्टलुक सार्वजनिक हुनासाथ विवादमा तानियो । समाजका विशेष वर्गले सञ्जयको लुक्स र उनले निधारमा लगाएको टिकालाई लिएर विरोध जनाए । सामाजिक सञ्जालमा फिल्म बहिस्कारको अभियान नै चल्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार
अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने व्यक्ति पक्राउ
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार