तनहुँमा छ उद्योगविरुद्ध मुद्दा दायर
नेपालबहस संवाददाता
साउन १२, २०७९ बिहिबार २१:४८:२
१२ साउन, दमौली । तनहुँस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले एक वर्षको अवधिमा छ वटा उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । गत आर्थिक वर्षमा अनुगमनका क्रममा कैफियत देखिएका तनहुँका तीन, गोरखाका दुई र नवलपुरका एक उद्योगविरुद्ध मुद्दा दायर गरिएको डिभिजन प्रमुख प्रशान्त पोख्रेलले जानकारी दिए ।
कार्यालयले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित कृष्ण पाउरोटी उद्योग, भीमाद नगरपालिकास्थित अभिषेक बेकरी उद्योग तथा ग्लोबल एग्रो प्रोडक्ट्स, गोरखास्थित क्षितिज पुष्टकारी उद्योग तथा कुँवर एण्ड ब्रदर्श ग्रुप र नवलपुरस्थित सरस्वती डेरी उद्योग विरुद्ध सम्बद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको हो । तीमध्ये कृष्ण पाउरोटीलाई रु पाँच हजार, अभिषेक बेकरीलाई रु सात हजार ५००, क्षितिज पुष्टकारीलाई रु एक हजार, ग्लोबल एग्रोलाई रु ३० हजार, सरस्वती डेरी उद्योगलाई रु तीन हजार जरिवाना गरिएको थियो ।
कुँवर एण्ड बद्रर्शको मुद्धाको भने निर्णय हुन बाँकी रहेको र अन्य २० वटा मुद्दा भने अनुसन्धानका क्रममा रहेको कार्यालय प्रमुख पोख्रेलले जानकारी दिए । कार्यालयले सोही अवधिमा खाद्य ऐन नियम बमोजिम १९० वटा खाद्यको नमूना संकलन गरेर भैरहवास्थित प्रयोगशालामा परीक्षण गराएको थियो । दूध तथा दूग्ध पदार्थका छ, तेल तथा घिउजन्यका ३३, फलफूल तथा सागपातका २६, मसलाका १४, चिया तथा कफीका १४, नूनका दुई, खाद्यान्न, दलहन र सोसँग सम्बन्धित ४४, प्रशोधित पिउने पानीका १०, गुलियो पदार्थका १२, कन्फेक्सनरीका एक, मासु तथा मासुजन्यका एक, दानाका १३ र अन्य १३ नमूना संकलन र परीक्षण गरिएको कार्यालयले जनाएको छ । कार्यालयले एक वर्षको अवधिमा खाद्य निरीक्षकको नेतृत्वमा १४५ वटा खाद्य तथा दाना बजार अनुगमन गरेको थियो ।
चाडपर्वका बेला मात्र नभइ अन्य समयमा पनि नियमित बजार अनुगमन गर्दै आएको कार्यालय प्रमुख पोख्रेलले बताए । तनहुँ, लमजुङ, गोरखा, मनाङ र नवलपुर कार्यक्षेत्र रहेको सो कार्यालयले अनुगमका साथसाथै खाद्य स्वच्छता र गुणस्तर अभिवृद्धिसम्बन्धी गोष्ठी, वडास्तरमा सचेतना कार्यक्रम गर्दै आएको थियो भने होटलको वर्गीकरणको काम पनि गर्दै आएको थियो ।
कार्यालयले उपभोग्य मिति समाप्त भएका वा हुन लागेका खाद्य पदार्थ संचय तथा बिक्री वितरण नगर्न, बढी रंगिन तथा सडेगलेका र झिङ्गा भन्केका फोहर अस्थामा राखिएका खाद्य पदार्थ प्रयोग नगर्न, सडक पेटिमा खुल्ला राखी कुनै पनि खाद्य पदार्थ बिक्री वितरण नगर्न सम्बन्धित सबैलाई सचेतना जगाउँदै आएको छ । कार्यालयले गत वर्ष चार पटक खाद्य उद्योगीका लागि स्वच्छता र गुणस्तर अभिवृद्धिसम्बन्धी गोष्ठी, दुई पटक स्थानीय तहका लागि खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी गोष्ठी गर्नाका साथै सरोकारवालासँग अन्तक्रिया पनि गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने, दिउँसो पत्रकार सम्मेलन
पुष २८, २०८१ आइतबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार