पोखरामा दोब्बरभन्दा बढी फल्यो चैते धान
नेपालबहस संवाददाता
साउन १२, २०७९ बिहिबार २२:२:२६
१२ साउन, गण्डकी । पोखरा महानगरपालिका–२६ मा यस वर्ष लगाइएको चैते धान दोब्बरभन्दा बढी फलेको छ । चैते धानतर्फ किसानलाई प्रोत्साहन गरी अनुदान सहयोगसमेत गरिएकामा विगतमा प्रति रोपनी दुईदेखि तीन मुरी फल्ने चैते धान अहिले भने सात÷आठ मुरीसम्म फलेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।
यसवर्ष बाली विकास कार्यक्रम (धान उत्पादन प्रवर्धन कार्यक्रम) अन्तर्गत पोखरा–२६ मा ५० प्रतिशत अनुदानमा चैते धानको बीउ वितरण गरिएको थियो । त्यसअन्तर्गत दुई हजार ३० किलोग्राम बीउका लागि कृषि महाशाखाका तर्फबाट रु ८१ हजार दुई सय उपलब्ध गराइएको थियो भने किसानका तर्फबाट ९५० प्रतिशत सहभागिता० गरी कूल रु एक लाख ६२ हजार चार सय लगानी गरिएको थियो ।
त्यस्तै महाशाखाले क्षेत्रफल विस्तारमा प्रोत्साहन सहयोगवापत प्रति रोपनी रु नौ सयका दरले छ सय १५ रोपनीको रु पाँच लाख ५३ हजार पाँच सय अनुदान सहयोग उपलब्ध गराएको कडरियाले जानकारी दिए । महाशाखाले त्रिपाल खरिदमा ५० प्रतिशत अनुदान सहयोगबापत ४२ वटा त्रिपाल खरिदका लागि रु ५३ हजार नौ सय ९४ अनुदान सहयोग र ५० प्रतिशत स्थानीय सहभागिता समेतमा सो खरिदका लागि रु एक लाख सात हजार नौ सय ८८ लगानी गरिएको थियो ।
त्यस्तै डिजिटल तराजु खरिदमा ५० प्रतिशत अनुदान प्रदान गरी तीनवटा तराजुका लागि रु १५ हजार महाशाखाबाट र ५० प्रतिशत स्थानीय सहभागिता गरी रु ३० हजार लगानी गरिएको थियो । लगानीअनुसार प्रतिफल राम्रो आएसँगै चैते धानतर्फ आगामी दिनमा किसानको आकर्षण बढ्ने विश्वास गरिएको छ ।
यस वर्ष किसानले चैते धान रु ६५ लाख बराबरको उत्पादन गरेको कडरियाले जानकारी दिए । महाशाखाले चैते धानमा सञ्चालित एकीकृत शत्रुजित व्यवस्थापन (आइपिएम) पाठशालाको अध्ययनबाट धानको जातीय परीक्षणमा चैते–५ को उत्पादन प्रति हेक्टर सात टन देखिएको छ। त्यस्तै चैते स्थानीय उत्पादनप्रति हेक्टर तीन टन, चैते सानो उत्पादनप्रति हेक्टर दुई दशमलव आठ टन, चैते ठूलो उत्पादनप्रति हेक्टर तीन टन उत्पादन भएको छ । अध्ययनबाट पराललगायत अन्य सबै कारणले किसानले चैते–५ मनपराएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
गुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार