युक्रेनमाथि रूसको घातक आक्रमणका
नेपालबहस संवाददाता
साउन १२, २०७९ बिहिबार २३:२८:२९
१२ साउन, एजेन्सी । रूसी सेनाले राजधानी किएभ वरपर र चेर्निहाइभ क्षेत्रमा घात आक्रमण गरेको छ । यसअघिका आक्रमणभन्दा घातक प्रहारमा मस्कोले विशाल एवम् शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको छ ।
युक्रेनले देशको दक्षिण भागमा कब्जा गरिएका क्षेत्रलाई मुक्त गर्न कारबाही जारी राखेका बेला रूसी आक्रमण तीव्र गतिमा भएको हो । व्यासगोरोड जिल्लाका धेरै स्थानमा आज बिहानै गरिएको क्षेप्यास्त्र प्रहारबाट भएको हताहतीको स्पष्ट विवरण प्राप्त भएको छैन ।
चेर्निहाइभका गभर्नर व्याचेस्लाभ चाउसले बेलारुसको क्षेत्रबाट होनचारिभस्का गाउँमा धेरै मिसाइलहरू प्रहार गरिएको जानकारी दिएका छन् । युक्रेनी अधिकारीहरूले रूसका योजना आफ्ना सैनिकले चकनाचुर पारेका र अन्तिम समयसम्म लडिरहने बताएका छन् ।
यसअघि पनि किएभ र चेर्निहाइभ क्षेत्र कब्जा गर्न असफल भएपछि रूसी सेना पछि हटेका थिए । युक्रेनको दोस्रो ठूलो सहर खार्किभ पनि गोलाबारीको चपेटामा परेको छ । युक्रेनी सेनाले कब्जा गरेको दक्षिणी क्षेत्र खेरसनमा जवाफी हमला जारी राखेको छ ।
युक्रेनी सञ्चारमाध्यमले युक्रेनका राष्ट्रपतिका सल्लाहकार ओलेक्सी अरेस्टोभिचलाई उद्धृत गर्दै खेर्सनलाई मुक्त गर्ने अभियान सुरु भइसकेको जनाएका छन् ।
युक्रेनको राष्ट्रिय सुरक्षा एवम् रक्षा परिषद्का सचिव ओलेक्सी ड्यानिलोभले बुधबारको टेलिभिजनमा सम्बोधनमा प्रतिआक्रमणका लागि युक्रनी फौज सतर्क रहेको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार
‘सिङ्गापुरको आर्थिक वृद्वि अपेक्षाभन्दा बढी’
पुष १७, २०८१ बुधबार
गाजाबाट ५५ जना बिरामीलाई युएई पुर्याइयो
पुष १७, २०८१ बुधबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार