प्रहरीको चरम लापरवाही : थुनुवा फरारदेखि ओराली बजारको गोली काण्डसम्म जिल्लाको सुरक्षा नेतृत्व असफल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन १२, २०७९ शुक्रबार ०:१५:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/bardiya-2-scaled-e1659012263873_pN1kx5GWoK.jpg)
♦ दीपक शर्मा
१२ साउन, बर्दिया । नागरिकको सुरक्षाका लागि खटिएको नेपाल प्रहरी बर्दियामा भने पछिल्लो पटक असफल बनेको जिल्लामा भएका घटनाबाट पुष्टि हुँदै गएको छ ।
बाघको आक्रमणका विरुद्धमा सुरक्षाको माग गर्दै शान्तिपुर्ण आन्दोलन गरिरहेका नागरिक माथि गोली प्रहार गरी ज्यान लिने कार्यदेखि लिएर प्रहरीले नेपाल भारत क्षेत्रको जंगलमा निउरो टिप्न गएका नेपाली नागरिक माथि गोली प्रहार भएको विषयमा कसले , किन गोली चलाएको हो भन्ने जानकारी पाउन सकिरहेको छैन , साथै सोही घटनाको विषयमा भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न नसकेको हुँदा मृतकका आफन्तले न्याय पाउने अवस्था अझै देखिएको छैन ।
त्यतिमात्र होइन, प्रहरी हिरासतमा रहेका बलात्कारीका आरोपी थुनुवा कक्षबाटै त्यो पनि दिउँसै फरार हुँदा प्रहरीले सुइको समेत पाउँदैन , प्रहरी चौकी नजिकै घरमा राति लुटपाट हुँदासम्म प्रहरीको तदारुकतामा निष्क्रिय देखिएको छ । यो पछिल्लो दुइ महिनाको घटनाक्रमले प्रहरीलाई गिज्याइरहेको मात्र छैन, सुरक्षा व्यवस्था कमजोर रहेको प्रमाणित पनि गरेको छ ।
बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका व्यक्ति दिउँसै प्रहरीलाई चक्मा दिएर भाग्न सफल भएको घटना सेलाउन नपाउँदै बारबर्दिया नगरपालिका वार्ड न ९ कतर्नियामा प्रहरी चौकी नजिकै मुस्कान घिमिरेले सञ्चालन गरिरहेको सुन पसलमा बुधबार राति २ बजेको समयमा सुन पसल खोल्न लगाई गरगहना तथा नगद चोरी भएको पीडित मुस्कान घिमिरेले बताए ।
स्थानीयबासीहरुका अनुसार प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाही र प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला हाजिर भएको केही दिनमै यस्ता खालका घटना बृद्धि भएको नागरिक अगुवाईको बुझाई रहको छ ।
स्थानीयबासीहरुका अनुसार घरदेखि मुखमा मास्क लगाएर आएका ५ देखि ६ जनाको समुहले घरमा प्रवेश गरी परिवारलाई बन्धक बनाई घिमिरेलाई घरदेखि करिब २ सय मिटर टाढा रहेको सुन पसलमा लगी खोल्न पठाई सुन तथा नगद चोरी गरि भागेको बताइएको छ ।
यति हुँदासम्म करिब १ सय मिटरको दुरीमा रहेको प्रहरीले कुनै सुइको पाउन सकेन । घर पुगेर प्रहरीलाई फोन गरेका घिमिरेले प्रहरी पनि ढिलो आएको बताए । लुटेराको समुहले पसलमा रहेको १ लाख नगद, तथा करिब १८ तोला भन्दा बढी सुन लुटेर लगेको बताइएको छ । लुटेराहरुले पसलमा रहेको सीसीटीभिको हार्डडिस्क समेत लुटेर लगेको प्रहरीले जनाएको छ ।
यी त सार्वजनिक भएका केही घटनामात्रै हुन, सामान्य चोरीका घटना दिनहुँ जसो हुने गरेका छन् । यस्तै घटना केही महिना पहिले बर्दियाको बढैयाताल गाँउपालिका रहेको सुनचाँदी पसलमा चोरी भएको थियो । नेतृत्वको असफल योजना र यस्तै हो भन्ने परिपाटीका कारण बर्दियाका नागरिकको सुरक्षा थप चुनौति बनेको छ । भारतसँग खुल्ला सीमाना जोडिएका कारण पनि सुरक्षा चुनौती रहेको छ तर पनि प्रहरीको सक्रियताको कमी भएको स्थानीयबासीहरुको भनाई रहेको छ ।
पछिल्लो पटक एकपछि अर्काे किसिमको घटना भैरहेको अवस्थामा प्रहरी गम्भिर नबनेको आरोप पनि लाग्दै गएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाही कुरा गर्न चाहँदैनन्, सूचना अधिकारीको जिम्मेवारी समेत पाएका प्रहरी नायव उपरीक्षक सुर्यप्रकाश सुवेदीले हिरासतबाट भागेका थुनुवाको खोजी भैरहेको तथा प्रहरीले आन्तरिक छानविन थालेको र दोषीलाई विभागीय कार्वाही गरिने नेपालबहस डटकमसँग बताए ।
साथै उनले अन्य घटनाहरुको विषयमा पनि प्रहरी गम्भिर भएर लागेको बताए । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले घटना भैसके पछि वास्तविकता के हो प्रहरीलाई जानकारी गराउनु पर्ने बताउँदै सुरक्षा निकायको समन्वयको अभावमा कुनै पनि समस्या नआउने बताए । साथै उनले जिल्लामा देखिएको घटनाक्रमलाई न्युनीकरण गर्न अन्य छिमेकी जिल्लासँग पनि समन्वय गरी काम गर्न आफुले प्रहरीलाई निर्देशन दिएको बताए।
स्थानीयबासीहरुका अनुसार प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाही र प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला हाजिर भएको केही दिनमै यस्ता खालका घटना बृद्धि भएको नागरिक अगुवाईको बुझाई रहको छ ।
बाघको आक्रमणको विरुद्धमा शान्तिपुर्ण आन्दोलन गरिरहेका नागरिक माथि गोली प्रहार गर्ने र गराउने जिल्लाका सुरक्षा निकायका प्रमुखलाई नेपाल सरकारले बनाएको छानविन समितिले समेत लापरवाही गरेको प्रतिवेदन पेश गरेको थियो । प्रहरीको लापरवाहीकै कारण बर्दियाको ओराली बजारमा शान्तिपुर्ण आन्दोलन गरिरहेका माथि गोली प्रहार हुँदा एक युवतिको ज्यान गएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा बसेर अनलाइनमा डेढ अर्ब बढीको जुवा, हारजितको रकम भारतका विभिन्न बैंक खातामा जम्मा
फागुन ६, २०८१ मंगलबार
बूढानीलकण्ठबाट अनलाइन जुवा कारोबारमा सम्लग्न रहेको आरोपमा २४ भारतीय पक्राउ
फागुन ६, २०८१ मंगलबार
केआईआईटीले माग्यो माफी, नेपाली विद्यार्थीलाई कुटपिट गर्ने कर्मचारीमाथि कारबाही
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
अमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित
फागुन ६, २०८१ मंगलबार
नेपाली छात्राको मृत्यु प्रकरणमा ओडिसा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
फागुन ६, २०८१ मंगलबार