जुम्लामा जात्रा अवधिभर मदिरा बेचविखन गर्न नपाइने
नेपालबहस संवाददाता
साउन १२, २०७९ शुक्रबार २:९:२५
♦ दिलमाया शाही
१२ साउन, जुम्ला । जुम्लामा कर्णालीकै लामो तथा ठूलो जात्रालाई मध्यनजर गरी मदिरा बेचबिखनमा रोक लगाइएको छ । नेवार समुदायका प्रमुख पर्वको रूपमा रहेको जात्रालाई मध्यनजर गरी जिल्ला प्रशासनले मदिरा बेचबिखनमा रोक लगाइने निर्णय गरिएको हो ।
त्यस्तै जात्रा अवधिभर खानेपानीको व्यवस्था गर्नका लागी खलंगा खानेपानी उपभोक्ता समिति र उद्योग वाणिज्य संघ आग्रह गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले बताइन् । उनका अनुसार जात्रा अवधिभर अस्थायी स्वास्थ्य शिविर र प्राथमिक उपचारको व्यवस्था गर्न जनस्वास्थ्य सेवा कार्यालय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चन्दननाथ नगरपालिकालाई अनुरोध गरिएको छ ।
त्यस्तै फोहोर मैला व्यवस्थापनलाई मध्यनजर गरी अस्थायी शौचालय बनाउने निर्णय गरिएको छ । प्रअिज प्रसाईंले सो अवधिभर ट्राफिक व्यवस्थापका लागी जिल्ला प्रहरी जुम्लालाई आग्रह गरिएको बताइन् ।
जात्रालाई मध्यनजर गरी नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रलाई अनुरोध गर्ने निर्णय गरिएको छ । जात्रा हेर्न आउने जात्रालुलाई मध्यनजर गरी स्वयम सेवक परिचालन गरिने छ । उनले भनिन्, ‘यही साउन १० गतेबाट विधिवरुपमा सुरु गरिने भएको छ । उनका अनुसार पछिल्ला केही वर्षयता जुम्लामा मनाइने जात्राको परम्परागत मूल्य मान्यतामा फरक देखिन थालेको छ ।’
त्यस्तै नागरिक समाजका अध्यक्ष राज बहादुर महतले जात्रालाई व्यवस्थित बनाउनका लागी सुरक्षा कर्मी र सरोकारवाला सबैको सहयोग गर्नु पर्ने बताए । त्यस्तै नेपाल पत्रकार महसंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले संकृतिकसँग जोडिएका विकृति हटाउनु पर्ने बताइन् । शाहीले, जुम्लामा देखाइने जात्रामा महिलाले प्रयोग गर्ने भित्रिबस्त्रहरूको प्रदर्शन रोक्नु पर्ने बताइन् ।
त्यस्तै खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयका प्रमुख डाक्टर ईश्वर सुवेदीले संस्कृति, र धर्ममा नाममा उठाइने शुल्क स्वइच्चुक गर्नु पर्ने बताए । प्रमुख जिल्ला अधिकारी प्रसाईंले संस्कृतिक बचाउने नाममा गरिने विकृत हटाएर समाजमा सचेतना मूलक सन्देश दिन जरुरी रहेको बताइन् । यो जात्रामा समाजमा रहेका बिसंगति विकृति अन्त्ये गर्ने खालका सन्देश युवा पुस्ताले देखाउनु पर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार