“मर्जर किङ्ग” ग्लोबल आइएमई बैंक यसरी भयो सफल र सबल बैंक
आर्थिक संवाददाता
साउन १३, २०७९ शुक्रबार १९:४२:२९
१३ साउन, काठमाडाैं । वि.स. २०६३ साल ज्येष्ठ १५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको ग्लोबल आइएमई बैंकको संचालक समितिको पहिलो बैठक २०६३ साल ज्येष्ठ १८ गते बसेको थियो । त्यसयता बैंकले कहिले पनि पछि फर्केर हेर्नु परेन । कुशल र मेहेनती संचालक समिति, अनुभवी र जोशीला उच्च व्यवस्थापनको कारणले गर्दा बैंक यतिबेला देशकै सफल बैंक बन्न पुगेको छ ।
“क” वर्गको लाइसेन्स पाएर सन् २००७ मा “सबैको लागि बैंक” भन्ने मूल नाराका साथ स्थापित ग्लोबल बैंक हाल २३ अर्ब ७९ करोड चुक्ता पुँजी भएको बैंक भएको छ । प्रक्रियामा रहेको बैंक अफ काठमाण्डूसँगको मर्जर पश्चात नयाँ बन्ने बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड पुग्ने छ ।
मर्जर किङ्गको रुपमा चिनिने ग्लोबल आइएमई बैंकको मर्जर इतिहास निकै सबल रहेको छ । “ग्लोबलले मर्जर गरेपछि छिट्टै काम सकाउँछ है” भनेर चिनिने यस बैंक अहिले बैंक अफ काठमाण्डूसँग मर्जरको प्रक्रियामा छ । इतिहासमा दुईवटा ठूला वाणिज्य बैंकसँग मर्जर प्रक्रिया सम्पन्न गरेको यस बैंकले थुप्रै विकास बैंक र फाइनान्ससँग सफलता साथ मर्जर सम्पन्न गरेको छ । मर्जरमा खुला दिल र सानोतिनो कुरामा लोभ नगर्ने हुनाले नै बैंक आज यति ठूलो बन्न पुगेको हो ।
केन्द्रीय बैंकसँग धेरै दुरी नबनाउनु र केन्द्रीय बैंकका नीति र योजनामा सधैं सहयोग गर्नें बैंकको रुपमा ग्लोबल आइएमई बैंकलाई लिन सकिन्छ । नेपाल राष्ट्र बैंकले “बिग मर्ज ! बिग मर्ज !” भनिरहँदा जनता बैंकलाई राम्रो स्वाप दिएर मर्जर सम्पन्न गराउँदा यस बैंकप्रति राष्ट्र बैंक निकै खुशी भएको बुझ्न सकिन्थ्यो ।
सबल व्यवस्थापन, नेपालमा रेमिट्यान्सकाे राजा कम्पनीको रुपमा चिनिने आइएमईको संजाल र व्यवसाय वृद्धिमा धेरै नै केन्द्रीत हुँदा आज बैंक यो अवस्थामा पुगेको हो । हाल बैंकको संचालक समितिको अध्यक्षमा चन्द्रप्रसाद ढकाल छन् भने अन्य संचालकमा सुदर्शन कृष्ण श्रेष्ठ, कृष्णप्रसाद शर्मा, देवेन्द्रप्रताप शाह, क्याबिनेट श्रेष्ठ र रामबहादुर भण्डारी रहेका छन्।
कार्गो व्यवसायबाट व्यवसायिक यात्रा शुरु गरेका ढकालले हाल वित्तीय क्षेत्रसँगै जलविद्युत, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, सवारीसाधन विक्री, केबुलकार, होटेल लगायतका क्षेत्रमा सफल व्यवसायीका रुपमा चिनिन्छन । हाल ढकाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पनि हुन् ।
बैंक उच्च व्यवस्थापनमा पुराना कुशल बैंकर र सबैका गुरू मानिने रत्नराज बज्राचार्य कार्यरत छन् भने सिनियर नायव प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल र नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र रेग्मी कार्यरत छन् । बज्राचार्यले ४० बर्ष भन्दा बढी नेपालकाे बैंकिङ क्षेत्रमा बिताइसकेका छन् ।
राष्ट्र बैंकमा लामो समय बिताएका बज्राचार्य कार्यकारी निर्देशकबाट अवकाश लिएर निजी क्षेत्रका धेरै बैंकहरुको स्थापना र सीईओको रुपमा काम गरेका अनुभवी बैंकर पनि हुन् । वर्तमान गभर्नर महाप्रसाद अधिकारीले समेत गुरु भनेर सम्मान गर्ने उनी केन्द्रीय बैंकका धेरै कर्मचारीहरुका पनि गुरुको रुपमा परिचित छन् ।
बज्राचार्य नेपालका वरिष्ठ चाटर्ड एकाउन्टेन्ट हुन् । बैंक र अर्थतन्त्रको गहिरो विज्ञता भएका बज्राचार्यको बैंक तथा वित्तीय संस्थामा ४ दशकको अनुभव रहेको छ । पदभार ग्रहणको दिन नै सीईओ बज्राचार्यले ग्लोबल आइएमई बैंकको शाखा संजाल ७७ वटै जिल्लामा विस्तार गर्ने भनेकोमा उनले त्यो बचन पुरा पनि गरेका छन् । डोल्पामा शाखा खोलेपश्चात बैंकको ७७ जिल्लामा नै शाखा संजाल रहेको छ । ग्लोबल आइएमई बैंकमा सीईओ बज्राचार्यको यो दोश्रो कार्यकाल हो ।
यस्तो थियो प्रथम वार्षिक साधारणसभा :
वि.स. २०६४ साल पौष २६ गते बसेको संचालक समितिको ४६ औं वैठकको निर्णय अनुसार यस बैंकको प्रथम वार्षिक साधारण सभा २०६४ साल माघ २९ गते मंगलबार होटल विश्वा, बीरगञ्ज, पर्सामा सम्पन्न भएको थियो ।
प्रथम साधारण सभामा बैंकको अवस्था :
शेयर पुँजी : ५१ करोड
निक्षेप : ३ अर्ब २ करोड
कर्जा सापट तथा बिल खरिद : २ अर्ब ५६ करोड
पहिलो साधारणसभामा अध्यक्ष चन्द्रप्रसाद ढकालको त्यो प्रतिबद्धता !
यसरी व्यवसाय सुरु गरेको थियो बैंकले ?
बैंकले बीरगञ्जबाट कारोवार सुरु गरी छोटो समयमा नै काठमाडाैंको कान्तिपथमा कर्पोरेट अफिस र मुख्यशाखा कार्यालय र बाग्लुङ्गको बाग्लुङ्ग नगरपालिका क्षेत्रमा थप एक शाखा कार्यालय स्थापना गरी कारोवार संचालन गरेको थियो ।
अहिलेसम्म आउँदा देशका ७७ जिल्लामा बैंकले शाखा कार्यालय खोलिसकेको छ । डोल्पाको दुनैमा नयाँ शाखा स्थापनासँगै ग्लोबल आइएमई बैंक नेपालको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ । बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवा केन्द्रबाट २८ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थव्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
मर्जरको इतिहास : सन् २००७ मा स्थापना भएको ग्लोबल बैंक, “ग” वर्गको इजाजत प्राप्त संस्था आइएमई फाइनान्सिअल इन्स्टिच्युसन र “ग” वर्ग कै लर्ड बुद्ध फाइनान्सलाई एक्यिूजिशन (प्राप्ति) गरी सन् २०१२ मा ग्लोबल आइएमई बैंक बनेको थियो ।
त्यस्तै सन् २०१३ मा सोसल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंक ग्लोबल आइएमई बैंकसँग मर्ज भएको थिए । सन् २०१४ मा भने वाणिज्य बैंकका रुपमा रहेको कर्मर्ज एण्ड ट्रस्टसँग मर्जर पश्चात सन् २०१५/१६ मा बैंकले प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको थियो ।
सन् २०१९/२० मा हाथवे फाइनान्सलाई प्राप्त गरेपश्चात बैंक जनता बैंकसँग मर्जरमा गएको थियो । अहिले बैंक अफ काठमाण्डुसँगको मर्जर प्रक्रियामा रहेको बैंक निकै ठूलो पुँजीका साथ नेपाली बजारमा आउने छ।
बैंकको आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमास र आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमासलाई दाँजेर हेर्दा :
खुद मुनाफामा आकर्षक वृद्धि :
आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्ममा ४ अर्ब १६ करोड खुद मुनाफा गर्न सफल यस बैंकले गत आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमाससम्म ५ अर्ब २० करोड खुद मुनाफा पुर्याउन सफल भएको छ । खुद मुनाफामा आकर्षक २५ प्रतिशत माथिको वृद्धि भएको छ।
मुनाफामा आकर्षक सुधारको कारणले गर्दा पनि कम्पनीको प्रतिशेयर आम्दानीमा पनि राम्रो सुधार देखिएको छ । प्रतिशेयर आम्दानी १९ रुपैयाँ २५ पैसाबाट बढेर २१ रुपैयाँ ८८ पैसा पुगेको छ ।
प्रमुख आम्दानीको श्रोतमा १८ प्रतिशतको वृद्धि :
बैंकहरुको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा करिब १८ प्रतिशतको वृद्धि देखिएको छ । आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्ममा ९ अर्ब १३ करोड खुद व्याज आम्दानी गर्न सफल यस बैंकले गत आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमाससम्म १० अर्ब ७४ करोड खुद व्याज आम्दानी पुर्याउन सफल भएको छ ।
संचालन मुनाफामा २७ प्रतिशतको वृद्धि :
संचालन मुनाफामा २७ प्रतिशतको वृद्धि हुँदै ७ अर्ब ५६ करोड पुगेको छ ।
जगेडा कोष २५ प्रतिशत माथिले बढ्यो :
बैंकको रिटेण्ड अर्निंग ७ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब १९ करोड पुगेको छ भने जगेडा कोष २५ प्रतिशत माथिले वृद्धि हुँदै १० अर्ब १५ करोड पुगेको छ ।
निक्षेप र कर्जा प्रवाह :
असार मसान्तसम्म बैंकले २ खर्ब ७७ अर्ब निक्षेप संकलन गरी २ खर्ब ५८ अर्ब कर्जा प्रवाह गरेको छ।
वितरणयोग्य मुनाफा :
शेयरधनीको पक्षबाट हेर्दा वितरणयोग्य मुनाफालाई निकै महत्वपूर्ण रुपमा हेरिन्छ । बैंकको वितरणयोग्य मुनाफा अहिले ३ अर्ब १९ करोड पुगेको छ ।
किताबी मूल्य :
बैंकको प्रतिशेयर नेट्वर्थ (किताबी मूल्य) १५६ रुपैयाँ ११ पैसा छ । एक वर्ष अघिसम्म किताबी मूल्य १५१ रुपैयाँ २६ पैसा थियो ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगलत प्रक्रियाबाट जग्गा लिलाम गरेपछि कृषि विकास बैंकको लहानमा शाखामा ऋणीले लगाए ताला
पुष ११, २०८१ बिहिबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार