अवैध मुद्रा कारोबारको आरोपमा पाँचजना पक्राउ
नेपालबहस संवाददाता
साउन १३, २०७९ शुक्रबार १६:५०:८
१३ साउन, कर्णाली । अवैध मुद्रासम्बन्धी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ देउती टोलस्थित नास्ता पसलमा अवैध मुद्रासम्बन्धी कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा सुर्खेतको सिम्ता गाउँपालिका–३ आग्रीगाउँका २३ वर्षीय समर विक, दैलेखको भगवतीमाई गाउँपालिका–४ का १९ वर्षीय मदन विक, जाजरकोटको छेडागाड नगरपालिका–५ का २४ वर्षीय निमबहादुर विक, ३३ वर्षीय रत्नबहादुर नेपाली र जाजरकोटकै कुशे गाउँपालिका–५ का ३२ वर्षीय शान्तबहादुर बादी छन् ।
सादा पोसाकमा खटिएका प्रहरीले उनीहरुको साथबाट छालाको मुद्राजस्तो देखिने ११११ लेखिएको विभिन्न बुट्टा भरेको त्रिभुजाकार वस्तु बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बुट्टा बनाउन प्रयोग गरिने अन्य दुई थान छालाजस्तो त्रिभुजाकार वस्तु, विभिन्न आकारका पत्थर, बारुदजस्तो देखिने सानो डिब्बा बरामद गरिएको जानकारी दिए । पक्राउ परेका व्यक्तिमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचक्कु प्रहार गरी छोराले गरे बुबाको हत्या
मंसिर १०, २०८१ सोमबार
खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार