‘बालबालिकाको रुचि र क्षमताअनुसार विषय छनोट गरौँ’
नेपालबहस संवाददाता
साउन १३, २०७९ शुक्रबार १८:२६:३४
१३ साउन, टीकापुर । माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएसँगै अभिभावक आफ्ना बालबालिकालाई कुन विषय पढाउने भन्ने चिन्तामा छन् । अभिभावक कसैले आफूले चाहेको विषय अध्ययन गराउने सोचमा हुन्छन्, भने कोही बालबालिकाको रुचिअनुसारको विषय अध्यापन गराउने तयारीमा छन् ।
जोशीपुरका दिपीका ढुंगानाकी छोरी एसइई उत्र्तीण भईन् । उनी छोरीको रुचि र क्षमताअनुसारको विषय अध्यापन गराउनेमा तयार छन् । “छोरी ३ जिपिए ल्याएर उत्तीर्ण भएकी छिन्, उनले पहिला राम्रो विषय अध्ययन गर्नु भनेकी थिइन् तर अहिले नतिजा खासै राम्रो आएन, सक्दिनकी भन्न थालेकी छिन्’’, उनी भन्छन, ‘‘बच्चालाई अनावश्यक दबाब दिनुभन्दा उनले सक्ने र रुचि भएको विषय छनोट गर्न भनेका छौँ । शिक्षकसँग पनि परामर्श लिइरहेका छौँ ।’’
लम्कीचुहा नगरपालिकाका लोकबहादुर देउवाकी भतिजी पनि यस वर्षको एसइईमा उत्र्तीण भईन् । देउवाको परिवार छोरीको नतिजापछि कुन विषय पठाउने भन्नेबारे छलफलमा छन् । ‘‘हामी छोरीको नतिजापछि हिजोमात्रै छलफलमा बस्यौँ, छोरीको रुचिबारे छलफल भयो, उनलाई विषय छनोट र त्यसका फाइदाबारे समेत जानकारी दिने काम गरेका छौँ’’, उनी भन्छन्, ‘‘छोरीको रुचिसँगै उनको भविष्य कसरी सुरक्षित गराउन सकिन्छ भन्नेबारे पनि हामी सचेत छौँ ।’’
देउवा परिपक्क नभएका बालबालिका कहिलेकाहीँ सही विषय छनोट गर्न नसक्ने भएकाले बालबालिकलाई परिवार र शिक्षकले विषय छनोटमा सघाउनुपर्ने बताउछन् । ‘‘हामीले छोरीलाई दबाब होइन सही सल्लाह भने दिनुपर्छ’’, उनी भन्छन् ।
टीकापुरका सरोज चौधरी यसवर्ष एसइई उत्र्तीण भएका छन् । यसअघि विज्ञान विषय पढ्ने तयारीमा रहेका सरोज राम्रो नतिजा नआएपछि भने अन्योलमा छन् । ‘‘विज्ञान पढ्ने र पछि डाक्टर पढ्ने सोचमा थिएँ, तर एसइईमा राम्रो नजिता ल्याउन सकिएन’’, उनी भन्छन, ‘‘परिवारले विज्ञान विषय नै पढ्न भनेका छन्, शिक्षकले भने व्यवस्थापन विषय पढ्न सल्लाह दिएका छन् । म भने अन्योलमा छु ।’’
कैलालीकै नन्दा विक पनि यस्तै समस्यामा छिन् । उनलाई शिक्षातर्फ अङ्ग्रेजी पढ्न मन छ । उनको परिवारले अनिवार्य विज्ञान पढ्न भनेको छ । ‘‘मलाई विज्ञान पढ्न मनै छैन, नजिता आएको दिनदेखि मलाई खुसीभन्दा तनाव छ’’, उनी भन्छन्, ‘‘बुबाआमाले विज्ञान पढेमा पछि धेरै बाटा खुल्ने बताउछन् । मलाई चाँही अग्रेजीमै रुचि छ । अभिभावक फकाउने काममा लागेकी छु ।’’
अभिभावक पनि बालबालिका परिपक्व नभएकाले विषय छनोट गर्दा ध्यान नदिन सक्छन् भन्नेमा सचेत हुन आवश्यक छ । बालबालिकाले उनीहरुको क्षमता र मन लागेको विषय पढाउने विषयमा शिक्षकसँग छलफल गरेर पठाउनु आवश्यक छ । अभिभावक प्रेम रेग्मी कतिपय बालबालिका आफ्ना पुराना साथीसँगै पढ्न चाहने भएकाले समस्या हुने गरेको बताउछन् । ‘‘बालबालिका रुचि, क्षमताभन्दा साथी नछुटुन भन्ने चाहन्छन्, उनीहरु सबै एउटै विषय पढौँ भनेर निर्णय लगिदिन्छन्’’, उनी भन्छन्, ‘‘यस्तो बेला अभिभावकले सही मार्ग देखाउन आवश्यक छ ।’’
खड्ग स्मृति मावि टीकापुरका प्रधानाध्यापक केशरबहादुर रावल बालबालिकालाई एसइई परीक्षापछि पढ्ने विषयमा अभिभावक र विद्यार्थीसँग छलफल गर्ने गरिएको, बालबालिकाको क्षमता र रुचिमा अभिभावकलाई नदिन आग्रह गर्ने गरिएको बताउछन् । ‘‘हामीलाई विद्यार्थीको क्षमता कति छ थाहा हुन्छ, उसको क्षमताअनुसारको विषय पढ्न सल्लाह दिने गरेका छौँ, अभिभावकलाई बोलाएर समेत छलफल गरिरहेका छौँ’’, उनी भन्छन्, ‘‘रुचि बिनाको र क्षमता बिनाको विषय पढ्न लगाउँदा बालबालिकाको भविष्य बिग्रन सक्छ । यसमा अभिभावक जिम्मेवार बन्नुपर्छ । बालबालिकाको क्षमता छैन तर विज्ञान पढ्न दबाब दिने, व्यवस्थापन पढ्न दबाब दिने अभिभावक धेरै छन् । उनीहरुलाई सम्झाउने गरेका छौँ ।’’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार