जब ३० सेकेन्डको दुरीमा प्रहरी पुग्न सकेन, अपराधीलाई कटुवा पेस्तोलसहित स्थानीयबासीहरुले समाते !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन १३, २०७९ शुक्रबार १९:१६:४४
![](https://nepalbahas.prixacdn.net/media/albums/bardiya-dsp-scaled_TYLfhFrVUM.jpg)
◊ दीपक शर्मा
१३ साउन, बर्दिया । बिहीवार समय दिउँसो करिब १२ बजेतिर जिल्ला प्रहरी कार्यालयको मुल गेटतर्फ रहेको हुलाकी राजमार्ग छेउमा अवस्थित यामाहा सोरुममा २ जना मानिसहरु केही कुरा गरिरहेका हुन्छन् । उनीहरु सायद नजिकै रहेको साइकिल चोरी गर्ने योजना बनाउँदै थिए । कुरा गर्दागर्दै साइकिल चोर्न लागे । त्यसै क्रममा स्थानीयबासीहरुले नियन्त्रणमा लिए ।
गुलरिया लगायत आसपासका क्षेत्रमा चोरी डकैंतीका घटना बृद्धि भएका कारण त्रासमा रहेका बर्दियाबासीले ती अपरिचित २ जनाले सोही स्थानबाट साइकिल चोरी गर्दागर्दै पक्राउ गर्छन, एक दुइ झापड पनि लगाउँछन् । त्यसैक्रममा एकजना मानिसको गोजीबाट कटुवा पेस्तोल खस्छ । स्थानीयबासीहरुले नजिकै रहेको प्रहरीलाई खवर गर्छन ।
मुस्किलले प्रहरी कार्यालयदेखि सो घटनास्थलसम्म पुग्न ३० सेकेन्ड भन्दा पनि कम समय लाग्ने स्थानमा १० मिनेटसम्म पनि प्रहरी नआउँदा स्थानीयबासीहरु आफैले ती दुईजना मानिसलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाउँछन । पक्राउ परेका दुबै जना भारतीय नागरिक रहेको प्रहरीले पुष्टि गर्छ । उनीहरुको साथबाट २ थान कटुवा पेस्तोल तथा केही नगद बरामद हुन्छ, प्रहरीले अनुसन्धान सुरु गर्छ । तर स्थानीयबासीमा भने त्रास कायमै छ ।
पक्राउ परेका व्यक्तिहरुबाट कुनै किसिमको परिचय पत्र नभेटिएका कारण एकिन गर्न अप्ठेरो भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक एव सूचना अधिकारी सुर्यप्रसाद सुवेदीले बताए । उनका अनुसार पक्राउ परेका २ जना व्यक्तिबाट २ थान कटुवा पेस्तोल, त्यसमा लाग्ने ९ राउन्ड गोली, चक्कु तथा नेपाली रुपैयाँ र केही भारु रुपैयाँ समेत फेला परेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती दुवै जनाले दिएको आफनो ठेगानामा पुगी ति व्यक्ति को हुन भन्ने पत्ता लगाउनु पर्ने चुनौति देखिएको छ । प्रहरीले ती दुवैजना भारतीय नागरिकको पहिचान स्पष्ट नभएका कारण गोप्य राखेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका २ जनाले जे भेटायो, त्यही चोरी तथा लुटपाट गर्ने गरेको पाइएको छ । प्रहरीका अनुसार चोरी डकैति गर्ने समुह अरु पनि हुनसक्ने भन्दै ग्राउन्ड जिरोबाट अनुसन्धान गर्ने बताएको छ । बर्दियामा केही समयदेखि लुटपाट, चोरी, डकैति, बलात्कार लगायतका घटनामा बृद्धि भएको छ ।
साथै बर्दियाको ओराली बजारमा भएकाे प्रहरीको गोली काण्डका कारण सुरक्षामा चुनौति थपिएको छ । प्रहरीको लापरवाही तथा जिल्लाको सुरक्षा निकायको सक्रियता फितलो भएका कारण पनि यस्ता खालका घटनामा बृद्धि भएको स्थानीयबासीहरुको भनाई रहेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै जनाले मापसे पनि गरेका थिए । विडम्वना के छ भने प्रहरी कार्यालयको ३० सेकेन्डको दुरीमा रहेको सो स्थानमा प्रहरीलाई पुग्न १० मिनेट लाग्दा स्थानीयबासी अचम्मित छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा बसेर अनलाइनमा डेढ अर्ब बढीको जुवा, हारजितको रकम भारतका विभिन्न बैंक खातामा जम्मा
फागुन ६, २०८१ मंगलबार
बूढानीलकण्ठबाट अनलाइन जुवा कारोबारमा सम्लग्न रहेको आरोपमा २४ भारतीय पक्राउ
फागुन ६, २०८१ मंगलबार
केआईआईटीले माग्यो माफी, नेपाली विद्यार्थीलाई कुटपिट गर्ने कर्मचारीमाथि कारबाही
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
अमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित
फागुन ६, २०८१ मंगलबार
नेपाली छात्राको मृत्यु प्रकरणमा ओडिसा सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
फागुन ६, २०८१ मंगलबार