मालपोत जुम्लाद्वारा दुई करोड राजस्व संकलन
नेपालबहस संवाददाता
साउन १३, २०७९ शुक्रबार १९:५६:५४
१३ साउन, खलंगा । मालपोत कार्यालय जुम्लाले आार्थिक वर्ष २०७८÷७९ मा मात्र रु दुई करोड नौ लाख ५७ हजार राजस्व संकलन गरेको छ । सोही आर्थिक वर्ष कार्यालयले विभिन्न शीर्षकमा उक्त राजस्व संकलन गरेको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले जानकारी दिए ।
त्यसमध्ये आर्थिक वर्ष २०७८÷७९ मा मालपोत कार्यालयले तीन सय ७२ महिलाका नाममा जग्गा नामसारीसमेत गरेको छ । पछिल्लो समयमा ग्रामीण भेगका महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको छ । एक सय ८८ महिला ग्रामीण क्षेत्रका र सहरी क्षेत्रका एक सय ८४ महिला रहेका छन् ।
कार्यालय प्रमुख रोकायाका अनुसार ग्रामीण र सहरी क्षेत्रका महिलाका नाममा जग्गा पास गरेकामा रु २४ लाख ६४ हजार नौ सय ३४ राजस्व छुट भएको छ । यस्तै आर्थिक वर्ष २०७८÷७९ मा ग्रामीण क्षेत्र र सहरी क्षेत्रका गरी ७८ दलितका नाममा लिखत पास भएको छ । त्यसमा ग्रामीण क्षेत्रका ५६ र सहरी क्षेत्रका २२ गरी जम्मा ७८ जनाको लिखत पास गर्दा रु एक लाख ८७ हजार तीन सय ५२ रकम राजस्व छुट भएको कार्यालय प्रमुख रोकायाले बताए ।
यस्तै गत आर्थिक वर्षमा एक अपांगता भएका व्यक्तिका नाममा लिखत पास भएको छ । आर्थिक वर्ष २०७८÷७९ मा मालपोत कार्यालयबाट ग्रामीण क्षेत्रका महिला र पुरुष गरी सात सय ५० तथा सहरी क्षेत्रका छ सय ४० गरी जम्मा एक हजार तीन सय ९० जनाको लिखत पास भएको कार्यालयले जनाएको छ । मालपोत कार्यालयबाट संकलन भएको जम्मा राजस्वमध्ये ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत सम्बन्धित स्थानीय निकायामा जाने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
अपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
बयानका लागि रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार