मालपोत जुम्लाद्वारा दुई करोड राजस्व संकलन
नेपालबहस संवाददाता
साउन १३, २०७९ शुक्रबार २०:३०:६
१३ साउन , खलङ्गा । मालपोत कार्यालय जुम्लाले आार्थिक वर्ष २०७८/७९ मा मात्र रु दुई करोड नौ लाख ५७ हजार राजस्व संकलन गरेको छ । सोही आर्थिक वर्ष कार्यालयले विभिन्न शीर्षकमा उक्त राजस्व संकलन गरेको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले जानकारी दिए ।
त्यसमध्ये आर्थिक वर्ष २०७८/७९ मा मालपोत कार्यालयले तीन सय ७२ महिलाका नाममा जग्गा नामसारीसमेत गरेको छ । पछिल्लो समयमा ग्रामीण भेगका महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ । एक सय ८८ महिला ग्रामीण क्षेत्रका र सहरी क्षेत्रका एक सय ८४ महिला रहेका छन् ।
कार्यालय प्रमुख रोकायाका अनुसार ग्रामीण र सहरी क्षेत्रका महिलाका नाममा जग्गा पास गरेकामा रु २४ लाख ६४ हजार नौ सय ३४ राजस्व छुट भएको छ ।
यस्तै आर्थिक वर्ष २०७८/७९ मा ग्रामीण क्षेत्र र शहरी क्षेत्रका गरी ७८ दलितका नाममा लिखत पास भएको छ । त्यसमा ग्रामीण क्षेत्रका ५६ र सहरी क्षेत्रका २२ गरी जम्मा ७८ जनाको लिखत पास गर्दा रु एक लाख ८७ हजार तीन सय ५२ रकम राजस्व छुट भएको कार्यालय प्रमुख रोकायाले बताए ।
यस्तै गत आर्थिक वर्षमा एक अपाङ्गता भएका व्यक्तिका नाममा लिखत पास भएको छ । आर्थिक वर्ष २०७८/७९ मा मालपोत कार्यालयबाट ग्रामीण क्षेत्रका महिला र पुरुष गरी सात सय ५० तथा सहरी क्षेत्रका छ सय ४० गरी जम्मा एक हजार तीन सय ९० जनाको लिखत पास भएको कार्यालयले जनाएको छ ।
मालपोत कार्यालयबाट संकलन भएको जम्मा राजस्वमध्ये ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत सम्बन्धित स्थानीय निकायामा जाने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर १०, २०८१ सोमबार
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही
मंसिर १०, २०८१ सोमबार