डिलाशैनी गाउँपालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने
नेपालबहस संवाददाता
साउन १३, २०७९ शुक्रबार २०:४८:२४
१३ साउन, बैतडी । डिलाशैनी गाउँपालिकाले पालिकाभित्र एमबिबिएस पढ्न चाहनेलाई छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाभित्रका एमबिबिएस पढ्न चाहनेका लागि छात्रवृत्तिको आवेदन खुल्ला गरिएको छ ।
‘एक गाउँ, एक डाक्टर’ नीतिअन्तर्गत आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम स्वीकृत कार्ययोजनाअनुसार आवेदन खुल्ला गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए ।
छात्रवृत्तिमा एमबिबिएस अध्यननका लागि आवेदन पेस गर्ने सम्बन्धी सूचना प्रकाशन गरिएको छ । आवश्यक कागजातसहित सात दिनभित्र योग्यता पुगेका इच्छुक गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकले सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।
आवेदनका साथ नेपालभित्रको मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाले लिएको प्रवेश परीक्षामा उत्तीर्ण भएको प्राप्तांकसहितको प्रमाणित प्रतिलिपि, सामुदायिक विद्यालयबाट माध्यमिक तहको शिक्षा उत्तीर्ण गरेको, शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्र, सम्बन्धित विश्वविद्यालय वा शैक्षिक संस्थाले सो विषय अध्ययनका लागि तोकेको प्रमाणित शुल्क विवरण र प्रवेश परीक्षामा सहभागी भएको प्रवेश पत्रको प्रतिलिपि पेश गर्न भनिएको छ ।
छात्रवृत्तिमा एमबिबिएस पढाउने कुरा गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिएको र छात्रवृत्तिसम्बन्धी कार्यविधि २०७९ को अधिनमा रहेर आवेदन मागिएको गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार