सोमबारबाट धनलक्ष्मी राष्ट्रिय स्क्वास सुरु हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
साउन १३, २०७९ शुक्रबार २१:१:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/sqa-e1659087085515_27VqDNd9Y7.jpg)
१३ साउन, काठमाडौं । धनलक्ष्मी मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिता आउँदो सोमबारदेखि सुरु हुने भएको छ । धनलक्ष्मी महर्जन फाउन्डेसनले शुक्रबार पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको प्रतियोगिता १६ साउनदेखि २१ साउनसम्म आयोजना हुने जानकारी गराएको छ ।
६ दिने प्रतियोगितामा पुरुष र महिला खुल्ला, मास्टर्स खुल्ला पुरुष ५० वर्षभन्दा माथि उमेर समूह र जुनियर छात्र खुला तथा प्लेट गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ । नेपाल स्क्वास र्याकेट्स संघका अध्यक्ष किशोर महर्जनद्धारा प्रायोजित प्रतियोगितामा एक सयभन्दा बढी खेलाडी सहभागी हुनेछन् ।
‘अघिल्ला संस्करणमा समेत सय माथि खेलाडी सहभागी भएका थिए । यस संस्करण १६० माथि पुग्ने अनुमान गरेका छौं’, अध्यक्ष महर्जनले भने । यस्तै उनले स्क्वास खेल अन्य खेलको तुलनामा चर्चा कम हुने हुँदा यस्ता प्रतियोगिताले खेलको चर्चा सहित खेलाडीलाई प्रोत्साहन हुने बताए ।
‘फुटबल, क्रिकेटसहित अन्य खेलको तुलनामा स्क्वासले चर्चा त्यति पाएको देख्दिन । मिडियामा पनि कम स्थान पाउने गर्छ । यस्ता प्रतियोगिता हुँदा खेलाडीले अनुभव पाउँछन् र प्रोत्साहन समेत हुनेछ’, अध्यक्ष महर्जनले भने ।
प्रतियोगिता आयोजनाका लागि प्रायोजकले एक लाख ३५ हजार रुपैंया प्रदान गरेको छ । जुनियरतर्फका उत्कृष्ट खेलाडीलाई संघले विशेष तालिम प्रदान गर्ने अध्यक्ष महर्जनले बताए ।
यस्तै, महर्जनले खेलाडीको प्रोत्साहनमा पुरुष खुल्ला तर्फ प्रत्येक खेल जित्नेलाई ५०० प्रोत्साह पुरस्कार दिने बताए । उनले अन्य विधामा समेत आगामी खेलमा प्रोत्साहत पुरस्कार राखिने बताए । प्रतियोगिताको पुरुषतर्फको विजेताले २५ हजार, उपविजेताले १५ र तेस्रो हुने दुई खेलाडीले समान ९ हजार प्राप्त गर्नेछन् ।
यता, महिलातर्फको विजेताले १८ हजार, दोस्रोले ११ र तेस्रो हुने दुई खेलाडीले समान ७ हजार पाउनेछन् । जुनियरतर्फको विजेताले १० हजार, उपविजेताले ६ हजार र तेस्रो हुनेले समान ४ हजार प्राप्त गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार