दुई दलीय प्रक्रिया र समाजवादी केन्द्रका च्याँखे दाउः ओली र दाहालमा को सफल होला ?
भेषराज पोखरेल
साउन १४, २०७९ शनिबार १३:२०:३
राजनीतिमा आफूलाई सधैं सत्ताको वरिपरि राख्न नेताहरुले अनेक खालका दाउ प्रयोग गरिरहेका हुन्छन् । अझ नेपाल जस्तो अस्थिर राजनीति रहेको राष्ट्रमा यस्तो हुनु स्वाभाविकै भयो । सरकारमा संलग्न पाँच दलीय गठबन्धन टुटाएर मात्र एमाले आफू बहुमतमा पुग्न सकिन्छ भन्ने दाउमा छ ।
त्यसैले उसले पछिल्लो समय कम्युनिष्ट एकता वा चुनावी सहकार्यका कुरा अगाडि बढाइरहेको छ । यसबाट दुई पार्टी प्रक्रिया (सिस्टम) नेपालमा बनोस् र कुनै पनि माध्यमबाट पुनः बहुमत प्राप्त गर्न सकियो भने लामो समय सत्तामा रहन सकिन्छ भन्ने केपी ओली र एमालेका प्रभावशाली नेताहरुको दाउ छ । उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी, बामदेव गौतमको वाम एकता पार्टी, जनता समाजवादीका दुवै घटक उपेन्द्र यादव र बाबुराम भट्टराई समूह तथा जनमोर्चा मिलाएर समाजवादी केन्द्र निर्माण गर्न चाहेका छन् । उनले त्यसो गर्न सकियो भने आफ्नो शक्ति सबै पक्षबाट सुदृढ हुने आंकलन गरेका छन् ।
नेपाली कांग्रेसले भने कम्युनिष्ट एकता वा सहकार्य जे भएपनि आफ्नो शक्ति कमजोर हुने आंकलन गरेको देखिन्छ । अझ शेरबहादुर देउवा र उनको समूह जसरी पनि यो पाँच दलीय गठबन्धनलाई टुट्न नदिने दाउमा छन् । यसबाट अबको राजनीति कता जाने होला ? के ओलीको दुई पार्टी राजनीति सफल होला वा दाहालको समाजवादी केन्द्र बनाएर अघि बढ्ने योजना सफल होला ?
एमाले अध्यक्ष केपी ओलीले नेपालको राजनीतिमा दुई पार्टी सिस्टमलाई अगाडि बढाउन चाहेका छन् । उनले सत्ता गठबन्धनमा रहेका र अरु बाहिरका पनि कम्युनिष्ट शक्तिहरुलाई २०७४ को निर्वाचनमा उपयोग गरे जसरी एकीकरण गर्ने, नभए गठबन्धन टुटाएर चुनावमा र पछि पनि सहकार्य गरेर जान सकियो भने आफू र आफ्नो दल सबैभन्दा शक्तिशाली हुने र आफू सत्ताको शिखरमा रहिरहन सकिने आंकलनमा छन् । यसो गर्न सकियो भने कांग्रेसलाई सजिलोसँग उठ्न कठिन पर्नेछ भन्ने हिसाब गरिरहेका छन् ।
एमाले महासचिव शंकर पोखरेलले कम्युनिष्ट एकतालाई जोड दिएर यसलाई पुष्टि गरिरहेका छन् । यस्तो अवस्था आए राजनीतिमा के हुन्छ त ? यस्तो अवस्थामा केपी ओली र उनको वरिपरि रहने एमाले प्रभावशाली नेताहरु बलियो अवस्थामा रहनेछन् तर पुष्पकमल दाहाल, माधव नेपालदेखि अन्य नेताहरुको अवस्था भने नेकपा फुट्दा जस्तो थियो त्यसभन्दा फरक हुने छैन ।
अझ कतिपय नेताको अवस्था त त्यसभन्दा तल खस्कने छ । शासन व्यवस्थाको अवस्था ओलीको पहिलेको नेतृत्वमा जस्तो थियो त्यस्तै हुनेछ । अहिले पनि उनका सल्लाहकार उनै, वरिपरि शक्तिमा रहने उनै नेता भएपछि अवस्था कसरी बदलिएला र ? एमालेका कुनै पनि नेता विशेष मोडल लिएर अगाडि आएका छैनन् । कांग्रेसले आफूलाई नीति र संगठनलाई सशक्त बनाएर लैजान सकेन भने अवस्था ०७४ पछिकै हुने हो ।
मओवादी केन्द्रका अध्यक्ष दाहालको योजना अनुसार राजनीति अगाडि बढ्यो भने र समाजवादी केन्द्र बन्यो भने उनी आफू र माओवादीको शक्तिआर्जन हुने निश्चित छ । उनले कांग्रेससँग बढीभन्दा बढी सांसद सिट लिन यसले बार्गेनिंगको शक्ति दिने नै छ । एमालेसँग सहकार्य गर्दा पनि उनको हात माथि नै हुनेछ । एकीकृत समाजवादीको शक्ति बढ्ने छैन भने बामदेव गौतमको पार्टीले पनि अस्तित्वपूर्ण अवस्थामा आउने शक्तिआर्जन गर्न कठिन छ । उनका पछाडि प्रभावशाली नेता भए त केही अवश्य हुन्थ्यो तर त्यसो नभएपछि शक्ति बढ्ने आधार के ?
पछिल्लो समय उपेन्द्र यादव र बाबुराम भट्टराईले समाजवादी केन्द्रमा संलग्न हुन अनिच्छा देखाएपछि दाहाल त्यसै खुम्चने अवस्था देखिएको छ । उनीहरुले दाहालको स्वभाव र उनको दाउ बुझेकाले त्यता जान हच्केको देखिन्छ । अहिलेसम्मको अवस्थाले कांग्रेससँग सहकार्य गरे पनि, एमालेसँग गए पनि माओवादी केन्द्र तेस्रो दल बन्ने तथा सत्ता निर्माणमा किंगमेकर बन्ने अवस्था भने बन्न गएको छ । एकीकृत समाजवादीले शक्तिआर्जन गर्यो भने माओवादीको स्थान तल–माथि हुन सक्छ । अन्य साना दल अगाडि आउन कठिन नै देखिएको छ ।
पुनः कम्युनष्ट शक्ति एक भएर आए र एमालेले बहुमत ल्याएर उसको नेतृत्वको सरकार बने समाजवाद ल्याउला ? शासन संयन्त्रमा कुनै परिवर्तन होला ? यो भने सम्भव नदेखिने अनेकौं आधारहरु छन् । ०७४ पछि जुन दलाल र भ्रष्ट व्यक्ति तथा व्यवसायीको चंगुलमा ओली नेतृत्वको सरकार थियो, अहिले पनि त्यसमा परिवर्तन हुने कुनै आधार छैनन् । एमालेको पुनः उदय भए त्यस्ता शक्ति अरु सल्बलाउने छन् । यो अवस्थाबाट पार पाउने एमालेमा कुनै संयन्त्र तयार भएको पनि छैन ।
माओवादी केन्द्र वा एकीकृत समाजवादी कसैको पनि दलाल पुँजीवादलाई नाघेर अघि बढ्ने कुनै आधार तयार भएका छैनन् । बरु अहिलेको बजेट निर्माणमा देखिएको सिधै दलाल पुँजीपतिको प्रवेशले समाजवादको कल्पनासम्म पनि गर्न दिँदैन । उही हल्ला गरेर जनता भुलाउन भने काम लाग्न सक्छ । साँच्चै यी कम्युनिष्ट नेताहरु र उनका दलहरु इमान्दार तथा नैतिकवान् बन्न चाहेका हुन् भने दलाल पुँजीपतिको घेराबाट बाहिर निस्कन सक्नुपर्छ । नीति जे होस् भन्ने आफू बलियो बन्नुपर्छ भन्ने कि दललाई स्पष्ट नीतिमा हिँडाउने ? जनता भुलाउने कि जनताको हितमा काम गर्ने ? भविष्य यसैमा अडिनेछ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपकानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार