अर्जुनचौपारी गाउँपालिका: ‘घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै अध्यक्ष तिवारी
नेपालबहस संवाददाता
साउन १३, २०७९ शनिबार २:१२:१८
♦दीपक बिश्वकर्मा
१३ साउन, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा हैरानी खेप्नुपरेको भन्दै नवनिर्वाचित गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बैंकसँगको सहकार्यमा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन्।
“ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई बैंकसम्म पुगेर सामाजिक सुरक्षा भत्ता लिन निकै कठिन भएकाले अब बैंकसँग सहकार्य गरेर प्रत्येक टोल र बस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने अध्यक्ष प्रकाश तिवारीले नेपालबहसलाई बताए। निर्वाचनका क्रममा नागरिकको घरघरमा पुग्दा गरेको प्रतिबद्धतालाई पदभार ग्रहणसँगै कार्यान्वयन गर्न सुरु गरेको गाउँपालिका उपाध्यक्ष सपना गुरुङले बताइन् ।
सामाजिक सुरक्षा भत्ता वितरणको क्रममा अर्जुनचौपारी गा.पा.वडा न.१ देखि ६ न.वडासम्म पहिलो चरणको भत्ता वितरण गरिएको छ। टोल टोलमा सामाजिक सुरक्षा भत्ता पाउँदा ८०/९० बर्ष पुगेका बृद्ध बुवाआमाले घन्टौ लागेर बैंक पुग्नु पर्ने अनि बुझेको भत्ता जादा आउँदा खर्च हुने, लाइनमा भोकभोकै बस्नु पर्ने बाध्यता हटेको र बल्ल सरकार भएको महसुस भएको भन्दै खुशी प्रकट गरेका छन्।
सामाजिक सुरक्षा भत्ता अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, उपाध्यक्ष सपना गुरुङ ,गाउँपालिकाका प्रशासकीय अधिकृत उज्ज्वल बहादुर बस्नेत, वडा अध्यक्षहरु रणबहादुर थापा, धनबहादुर गुरुङ ,शोभाकान्त काफ्ले ,भुवनसिङ गुरुङ, नारायणप्रसाद ढकाल तथा मुक्तिनाथ विकास बैंक अर्जुनचौपारी शाखाका प्रमुख निर्मल मरासिनी, प्रहरी चौकी इन्चार्ज तथा वडा सदस्यहरुको सहयोगमा वितरण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने, दिउँसो पत्रकार सम्मेलन
पुष २८, २०८१ आइतबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार
७ करोडको काठ वन कार्यालयमै कुहिँदै
पुष २८, २०८१ आइतबार