‘नबिल सामाजिक उद्यमशिलता’कार्यक्रमको दोस्रो ब्याचका लागि आवेदन खुल्यो
नेपालबहस संवाददाता
साउन ११, २०७९ बुधबार २१:४७:२४
१० साउन, काठमाडाैं । नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको पहिलो ब्याचको सफलतापूर्वक संचालनसँगै नबिल बैंकले दोस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल अफ सोसल इन्टरप्रेनरशीप इण्डियाको प्राविधिक सहयोगमा संचालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याइ दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ।
कृषि, पर्यटन, उर्जा, वातावरण संरक्षण, सूचना प्रविधिलगायतका क्षेत्रमा नविनतम् सोच भएका १८ देखि ५० वर्ष पुगेका नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन्।
सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्ने लक्ष्य बोकेको यो कार्यक्रम ६ महिनासम्म चल्ने छ। साथै हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ।
तालिम अवधिभर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरुलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि नबिलले सहयोग गर्नेछ।
आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि सुरु गरिएको यस फेलोसिप कार्यक्रमको पहिलो ब्याचमा २० जनालाई छनौट गरिएको थियो।
विभिन्न पृष्ठभुमिबाट आएका सहभागीहरुले सामाजिक उद्यम संचालनका निम्ति आवश्यक कानूनी तथा कर सम्बन्धीका ज्ञान, व्यवसायको ब्राण्डिङ्ग, बजारीकरणजस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए। विभिन्न अन्तर्क्रिया कार्यक्रम तथा प्रक्रियाहरुद्वारा सहभागीहरुलाई प्राविधिक तथा व्यवहारीक ज्ञान उपलब्ध गराइएको थियो। आवेदनको अन्तिम दिन बैंकले भदौ २० तोकेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
नवनियुक्त चार राजदूतले लिए शपथ
मंसिर २, २०८१ आइतबार
दूर दराजबाट काठमाडौँमा अध्ययन गर्न आउने विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण
मंसिर २, २०८१ आइतबार
नक्कली सिंगापुरे लाहुरेको पछि लाग्दा युवतीको २७ लाख झ्वाम् !
मंसिर २, २०८१ आइतबार