डिशहोमले सुरू गर्याे आई टिभीको सेवा शुभारम्भ
नेपालबहस संवाददाता
साउन १४, २०७९ शनिबार २२:३:१९
१४ साउन, काठमाडाैं । डिश मिडिया नेटवर्कले आई टिभीको सेवा शुभारम्भ गरेको छ । डिशहोम आई टिभीको नाममा यो सेवाको सुरुवात भएको जानकारी दिन पाउँदा ग्राहकले डीटीएचलाई जस्तै साथ र मायका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउनुहुनेछ भन्नेमा कम्पनीले विश्वास लिएको छ ।
नेपालको एक मात्र डीटीएच सेवा प्रदायक डिश मिडिया नेटवर्क विगत १२ वर्षदेखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान वनाउन सफल रहेको छ । २०६७ सालमा होमटिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसंग मर्जर गरि डिशहोम नाममा आफ्नो सेवा लाई सञ्चालनमा ल्याएको थियो ।
नेपालका कुनाकाप्चासम्म टेलिभिजन सिग्नल पुर्याएर सञ्चारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिशहोमले ग्राहकलाई उत्कृष्ट विभिन्न च्यानलसँगै गुणस्तरीय बिक्री पछिको सेवा पनि प्रदान गर्दै आएको जनाएकाे छ ।
कम्पनीका अनुसार पे टिभीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको डिश मिडिया नेटर्वकले आफ्नो व्यवसायलाई विस्तार सँगै अन्य सेवा प्रदायकभन्दा उत्कृष्ट, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि केवल टिभी, इन्टरनेट, टेरेस्ट्रियल(टि२) टिभी र आई टिभीमा समेत आफ्नो सेवा लाई विस्तार गरेको छ ।
ग्राहकको मन जित्न सफल इन्टरनेट सेवा डिशहोम फाइवरनेट, सबैभन्दा बढी सन्तुष्ट ग्राहक र ठुलो नेटवर्क रहेको केवल टिभी नेटवर्क सिम टिभी, र ताररहित टेरेस्टेरियल टिभी मार्फत ग्राहकलाई आफ्नो सेवा प्रदान गरिरहेको छ ।
डीटीएच र टेरेस्ट्रियल (टि२) भन्दा फरक प्रविधि इन्टरनेट प्रोटोकोल बेस्ड यो आई टीभीमा सर्ट टिभी, रमाईलो टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरीयन सिरिज जस्ता डिशहोमका एक्सक्लुसिभ च्यानलहरु लगायत २०० भन्दा वढि टिभी च्यानलहरु, ५ हजार घण्टाभन्दा बढी विभिन्न कन्टेन्टहरु, भिडिओ अन डिमान्ड, क्याच–अप टिभी/स्टार्ट ओभर टिभी, टिकटकलगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलब्ध रहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
फोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार