कुशल व्यवस्थापनले इन्भेष्टमेण्ट बैंकको निस्क्रिय कर्जा ट्रयाकमा, बन्दैछ निकै ठूलो बैंक
आर्थिक संवाददाता
साउन १५, २०७९ आइतबार १९:३:२९
१५ साउन, काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट बैंकमा कुनै बेला निस्क्रिय कर्जा एउटा समस्या थियो तर कुशल व्यवस्थापकको कुशल व्यवस्थापनले गर्दा अहिले निस्क्रिय कर्जा निकै घट्न सफल भएको छ । आर्थिक वर्ष ०७६/७७ को अन्त्यमा करिब ३ प्रतिशत पुगेको निस्क्रिय कर्जा अहिले आर्थिक वर्ष ०७८/७९ मा १ दशमलव ४७ प्रतिशतमा झरेकाे छ ।
गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले मुनाफामा पनि आकर्षक सुधार ल्याउन सफल भएको छ । संचालन मुनाफामा ३१ प्रतिशत माथिको बृद्धि गर्न सफल यस बैंकको खुद मुनाफा करिब १५ प्रतिशतले बढेको छ।
शेयरधनीको कोणबाट निकै महत्वपूर्ण वितरण योग्य मुनाफा बैंकले २ अर्ब माथि पुर्याउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सो मुनाफा २ अर्ब मुनि थियो ।
नेपाल इन्भेष्टमेण्ट बैंक हाल मेगा बैंकसँग मर्जर प्रक्रियामा रहेको छ । प्रारम्भिक स्वाप रेसियाे अनुसार नेपाल इन्भेष्टमेण्ट बैंकको १०० कित्ता शेयर बराबर मेगा बैंकको ९० कित्ता । जस अनुसार मेगा बैंक नेपालको शेयर कित्ता १० प्रतिशतले घट्ने छ । हाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड छ । मेगाले स्वाप ९० पाएसँगै मर्जर पश्चात बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब ८१ करोड हुनेछ ।
यस अघि हिमालयन बैंकसँग मर्जरको तयारी गरेको यस बैंकले धोका पाएको थियो । हिमालयन बैंकको साधारणसभाले मर्जर सम्बन्धी प्रस्ताव पारित नगरेसँगै मर्जर प्रक्रिया भाडिएको थियो । त्यस पश्चात वित्तीय रुपमा सबल र सफल बैंक मेगा बैंकसँग मर्जरमा जाने निर्णय गरेसँगै मर्जर पश्चात बन्ने बैंक निकै बलियो हुने आंकलन अहिले नै सुरु भैसकेको छ ।
व्यवसायिक रुपमा ग्रोथ नभएको हिमालयन बैंकसँग मर्जर तोडिनु र मेगा बैंक जस्तो व्यवसायिक रुपमा आक्रामक व्यापार गर्न सक्ने बैंकसँग मर्जरमा जानु नेपाल इन्भेष्टमेण्ट बैंकलाई फलदायी हुने देखिन्छ । दुख गरेर बडाल्नु पर्ने धुलो आफैं हावाले उडाएर लगेको टिप्पणी पनि केही लगानीकर्ताले गर्दै आएका छन् ।
बैंक संचालक समितिको अध्यक्षमा पृथ्वीबहादुर पाँडे रहेका छन् भने अन्य संचालकमा प्रजन्य राजभण्डारी, सूर्यप्रकाशलाल श्रेष्ठ, कविराज टिवरेवाल, भुवनेश्वरप्रसाद शाह र विकास थापा छन् । त्यस्तै बैंकमा स्वतन्त्र संचालकमा मंजु बस्नेत कार्यरत छन्।
बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडेसँग बैंकिङ क्षेत्रको करिब तीस वर्षभन्दा बढीको अनुभव छ । सन् १९७८ मा भारतबाट चार्टर्ड एकाउन्टेन्सीमा डिग्री लिएर सन् १९९० सम्म नेपाल राष्ट्र बैंकका विभिन्न विभागमा काम गरेका र त्यस अवधिमा उनी दुई वर्षसम्म वासिङ्टनस्थित आईएमएफको मुख्य कार्यालयमा पनि नेपालकाे तर्फबाट रही काम गरेका थिए । उनले राष्ट्र बैंककाे कार्यकारी निर्देशकबाट अवकाश लिएकाे केही समयपछि नेपाल इन्भेष्टमेण्ट बैंक स्थापना गरेका हुन् ।
सन् १९९० मा उनी नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक, राष्ट्रिय वाणिज्य बैंकको महाप्रबन्धकमा नियुक्त भए । सन् १९९४ मा वित्तीय उदारीकरण सुरु भएपछि पाँडेले पाकिस्तानको हबिब बैंकसँगको संयुक्त लगानीमा निजी क्षेत्रको वाणिज्य बैंक हिमालयन बैंकको स्थापना गरे ।
उनले त्यहाँ १० वर्षसम्म कार्यकारी निर्देशकको रूपमा काम गर्दै सन् २००१ बाट नेपाल इन्भेष्टमेण्ट बैंक स्थापना गरी कार्यरत छन् । उनले नेपाल इन्डोस्बाेएज बैंकको क्रेडिट एग्रिकोल समूहबाट नेपाल इन्भेष्टमेण्ट बैंकको व्यवस्थापनको जिम्मेवारी लिएका थिए । उनले जिम्मेवारी लिएपश्चात बैंकको पूँजी, सम्पत्ति र मुनाफामा उल्लेखनीय वृद्धि भएको छ।
बैंककाे प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे कार्यरत छन् । भारतबाट एमबीएए गरेका पाण्डेको बैंकिङ क्षेत्रमा ३३ वर्षभन्दा धेरै समय काम गरेको अनुभव रहेको छ ।
बैंकको सबैभन्दा ठूलो शेयरधनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको बैंकमा १२ दशमलव ०६ प्रतिशत शेयर स्वामित्व रहेको छ भने दोश्रोमा महालक्ष्मी इन्भेस्टमेन्टको नाममा ७ दशमलव १० प्रतिशत शेयर स्वामित्व रहेको छ । आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार यस कम्पनीमा शुन्य दशमलव ५ प्रतिशत भन्दा धेरै शेयर स्वामित्व भएका कुनै पनि व्यक्तिगत लगानीकर्ता छैनन् । राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थान जस्ता सरकारी कम्पनी, नेशनल लाइफ र एलआईसी नेपाल जस्ता जीवन बीमा क्षेत्रका लिडर कम्पनी हुनुले पनि यस कम्पनीप्रति देखिएको कर्पोरेट विश्वास झल्किन्छ ।
बैंकको आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमास र आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमासलाई दाँजेर हेर्दा :
खुद मुनाफामा आकर्षक वृद्धि :
आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्ममा ३ अर्ब ५५ करोड खुद मुनाफा गर्न सफल यस बैंकले गत आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमाससम्म ४ अर्ब ८ करोड खुद मुनाफा पुर्याउन सफल भएको छ । खुद मुनाफामा करिब १५ प्रतिशत माथिको वृद्धि भएको छ ।
प्रमुख आम्दानीको श्रोतमा करिव ७ प्रतिशतको वृद्धि :
बैंकहरुको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा करिब ७ प्रतिशतको वृद्धि देखिएको छ । आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्ममा ५ अर्ब ५९ करोड खुद व्याज आम्दानी गर्न सफल यस बैंकले गत आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमाससम्म ५ अर्ब ९४ करोड खुद व्याज आम्दानी पुर्याउन सफल भएको छ ।
संचालन मुनाफामा ३१ प्रतिशतको वृद्धि :
संचालन मुनाफामा ३१ प्रतिशतको वृद्धि हुँदै ६ अर्ब ७२ करोड पुगेको छ ।
निक्षेप र कर्जा प्रवाह :
असार मसान्तसम्म बैंकले १ खर्ब ८४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब कर्जा प्रवाह गरेको छ ।
वितरणयोग्य मुनाफा :
शेयरधनीको पक्षबाट हेर्दा वितरणयोग्य मुनाफालाई निकै महत्वपूर्ण रुपमा हेरिन्छ । बैंकको वितरणयोग्य मुनाफा अहिले २ अर्ब ०३ करोड पुगेको छ ।
किताबी मूल्य :
बैंकको प्रतिशेयर नेट्वर्थ (किताबी मूल्य) १८७ रुपैयाँ २१ पैसा छ ।
खराब कर्जा घट्दै :
बैंकको खराब कर्जा २ प्रतिशत भन्दा तल आएको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म २ दशमलव ४६ प्रतिशत रहेको खराब कर्जा अहिले १ दशमलव ४७ प्रतिशत रहेको छ। खराब कर्जा घटाएको कारणले गर्दा इम्पेमेन्ट चार्ज रिभर्स भएको छ । अघिल्लो आर्थिक वर्ष ४४ करोड १६ लाख इम्पेमेन्ट चार्ज शीर्षकमा खर्च गरेको बैंकले अहिले भने आक्रामक खराब कर्जा संकलनसँगै सो शीर्षकबाट १ अर्ब ६२ करोड आम्दानी गरेको छ ।
आर्थिक वर्ष ०७६/७७ को अन्त्यमा करिब ३ प्रतिशत पुगेको निस्क्रिय कर्जा अहिले आर्थिक वर्ष ०७८/७९ मा १ दशमलव ४७ प्रतिशतमा आएको छ ।
स्प्रेड दर ४ प्रतिशत मात्रै :
बैंकले कर्जामा लिने दर र बैंकले निक्षेपमा दिने दरको अन्तर अर्थात स्प्रेडदर ४ दशमलव ४० प्रतिशत अधिकतम हुन पाउने नियम छ तर यस बैंकको स्प्रेडदर ४ प्रतिशत मात्र छ । यसले बैंकले आफुले धेरै मुनाफा नराखेर भएपनि कर्जा लिने ग्राहकलाई धेरै मारमा नपारेको प्रस्ट बुझ्न सकिन्छ । त्यस्तै यस बैंकको बेसरेट पनि कमै रहको छ । प्रकाशित तथ्याङ्क अनुसार बेसरेट ८ दशमलव ५९ रहेको छ । यसको अर्थ बैंकमा कर्जा लिने ग्राहकले अन्य बैंक भन्दा सस्तोमा कर्जा पाएको बुझ्न सकिन्छ ।
सीडी रेसियो सहज :
बैंकको सीडी रेसियो ८५ प्रतिशत रहेको छ । समालिएर कारोवार गर्नाले बैंकलाई तरलताको त्यति प्रेसर नभएको र केही अझै लगानीयोग्य तरलता बैंकमा रहेको बुझ्न सकिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगलत प्रक्रियाबाट जग्गा लिलाम गरेपछि कृषि विकास बैंकको लहानमा शाखामा ऋणीले लगाए ताला
पुष ११, २०८१ बिहिबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
नागरिकता समस्या समाधान अध्ययन समितिले बुझायो प्रतिवेदन, वितरणलाई सहज बनाउन सुझाव
पुष १२, २०८१ शुक्रबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन
पुष १२, २०८१ शुक्रबार
अन्तर प्रदेश विकासका लागि लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीले गरे १९ बुँदे साझा सहमति
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार