कोरोना संक्रमणदर बृद्धि, सीमाक्षेत्रमा कडाइ
नेपालबहस संवाददाता
साउन १५, २०७९ आइतबार १६:२२:१
१५ साउन, बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा संक्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसका साथै साउन महिनाको दुई साताको संक्रमणदर हेर्दा पनि पहिलोभन्दा दोस्रो साता दोब्बरले बढेको पाइएको छ । पहिलो साता ५६ जनामा सङ्क्रमण देखिएकामा दोस्रो साता थप एक सय १३ जनामा संक्रमण पुष्टि भएको छ ।
भारतमा कोरोना संक्रमणदर नियमितरूपमा बढिरहेकाले सीमा जोडिएको यस प्रदेशमा संक्रमणदर बढ्दै गएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
दुई हप्ता अगाडि शून्यमा झरेको कोरोना संक्रमणदर हाल बढ्दै गएसँगै जोखिम बढेको हो । गत असार ३२ गते शून्यमा झरेको संक्रमणदर त्यसयता बढ्दै गएको छ । उनले भने, “पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो । सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तररूपमा भइरहेको छ ।”
सीमा क्षेत्रमा जोखिम बढेकाले यहाँका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राख्दै बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तररूपमा संचालनमा रहेको जोशीको भनाइ छ । संक्रमणदर बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरूपमा पालना गर्न निर्देशनालयको आग्रह छ ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ५८ हजार सात सय ४३ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार आठ सय ९९ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमणकै कारण यस प्रदेशमा छ सय ३३ जनाको ज्यान गइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार