कैलाली भन्सारद्वारा नौ अर्ब राजस्व संकलन
नेपालबहस संवाददाता
साउन १५, २०७९ आइतबार १७:३३:४३
१५ साउन, सुदूरपश्चिम । कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रु नौ अर्ब ५८ करोड २६ लाख राजस्व संकलन गरेको छ। कार्यालयले उपलब्ध गराएको तथ्यांकका अनुसार सो अवधिमा रु ११ अर्ब ८२ करोड ३९ लाख राजस्व संकलनको लक्ष्य राखेको थियो। संकलित राजस्व लक्ष्यको झण्डै ८१ प्रतिशत हो । कार्यालयका अनुसार भन्सार महशुलतर्फ रु तीन अर्ब ५६ करोड ५५ लाख, मुल्य अभिवृद्धि करतर्फ रु तीन अर्ब ८६ करोड ४० लाख, अन्तः शुःल्कतर्फ रु २३ करोड ९९ लाख र अन्य शीर्षकतर्फ रु एक अर्ब ९१ लाख ३१ लाख राजस्व असुली भएको छ ।
सो अवधिमा कार्यालयले मूल्य अभिवृद्धि करतर्फ रु तीन अर्ब १० करोड १५ लाख, भन्सार महशुलतर्फ रु पाँच अर्ब २२ करोड ४० लाख, अन्तः शुःल्कतर्फ रु २८ करोड ७६ लाख र अन्य शीर्षकतर्फ रु तीन अर्ब २१ करोड ६ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । गत माघमा सबैभन्दा कम ६९ दशमलब ५२ प्रतिशत र सबैभन्दा बढी गत वर्ष साउनमा ८९ दशमलब आठ प्रतिशत राजस्व असुली भएको जनाइएको छ ।
कैलाली भन्सार नाकाबाट मुख्य निर्यात हुने वस्तुमा रोजिन टर्पेनटाइन, खयर कच्छ, पिना, भटमासको तेललगायत छन् । आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, मोटर पाट्र्सका साथै चामल, मकै, तोरी, तरकारीलगायत खाद्य सामग्री छन् । यो नाकाबाट निर्यात व्यापारभन्दा आयात बढी मात्रामा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार