डोटीका किसानलाई कोदो रोप्न भ्याइँनभ्याइ
नेपालबहस संवाददाता
साउन १५, २०७९ आइतबार १९:१६:५२
१५ साउन, डोटी । पछिल्लो केही दिन यतादेखि डोटीमा कोदो रोप्न सुरु गरिएको छ । धान रोपाइँ सकेर फुर्सद पाएका यहाँका किसानलाई अहिले कोदो रोप्न भ्याइँनभ्याइ छ । यहाँका पानी नलाग्ने तथा पाखो जमिनमा अहिले किसानले कोदो रोप्न सुरु गर्न थालेपछि गाउँघरका पाखो जमिन हरियाली हुन थालेका छन् । कृषि ज्ञानकेन्द्रका अनुसार अहिलेसम्म जिल्लाका ४५ प्रतिशत खेतीयोग्य जमिनमा कोदो रोपिसकिएको छ ।
केन्द्रका प्रमुख नरेन्द्र पनेरुका अनुसार जिल्लामा एक हप्तादेखि किसानले कोदो रोप्न थालेका र सबैभन्दा बढी कपल्लेकी, निरौली, गड्सेरा, आदर्श, बोगटान, रानागाउँ, पूर्वीचौकी क्षेत्रमा कोदो उत्पादन हुँदै आएको छ । जिल्लामा यो वर्ष समयमै पानी परेकाले धान पनि छिटो रोपिएको र अहिले किसान कोदो रोप्न व्यस्त रहेको केआइसिंह गाउँपालिका–५ की वासिन्दा माधवी चन्द शाहीले बताए ।
उनले भने, “समयमै पानी पर्दा धान रोपाइँ पनि सकियो, अहिले हामी कोदो रोप्नमै व्यस्त छौँ, यो वर्ष खेती राम्रै होला भन्ने आशा गरेका छौँ ।” हिजोआज यहाँका किसान दिउँसोको समय आफ्नो पोखो खेतबारीमै कोदो रोप्न व्यस्त भइरहेका जोरायल गाउँपालिका–६ खसरेका हर्कबहादुर बोहराले बताए । उनले भने, “पानी नहुँदा अन्य वर्ष यहाँका पाखो खेत बाँझै हुन्थे, यो वर्ष समयमै प्रसस्त पानी परेकाले किसान दिनभर कोदो रोप्नमै व्यस्त हुने गरेका छन् ।”
जिल्लाका किसानले ढल्लो, स्थानीय र ओख्ले कोदोको बीउ लगाउने गरे पनि सबैभन्दा बढी स्थानीय कोदोको बीउ रोप्ने गरिएको केन्द्रले जनाएको छ । डोटीमा करिब चार हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा कोदो लगाउँदै आइएको र उक्त जमिनमा कम्तीमा पनि करिब पाँच हजार मेट्रिकटनभन्दा बढी कोदो उत्पादन हुने गरेको उक्त केन्द्रले जनाएको छ । उता दिपायल राजपुरस्थित सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले कोदोमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा ८दशमलव ७३ गुणाबढी क्याल्सियम पाइने गरेको बताए ।
उनका अनुसार कोदोमा मकैभन्दा तीन दशमलव सात गुणा, चामलभन्दा दुई दशमलव तीन गुणा र गहुँभन्दा एक दशमलव पाँच गुणा बढी आइरन पाइन्छ । मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदोमा प्रोटिन र भिटामिनका साथै खनिज तत्व रहेको कृषि प्राविधिक बताउँछन् । सामान्य स्वस्थ व्यक्ति मात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई समेत कोदो खानाले उल्लेख्य फाइदा पुग्ने स्वास्थ्यकर्मी बताउँछन् । कोदो तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा उत्पादन गर्न सकिने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
गुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार