झापामा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु
नेपालबहस संवाददाता
साउन १५, २०७९ आइतबार २०:१७:४७
१५ साउन, बनियानी । झापामा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको आज मृत्यु भएको छ । यही साउन ४ गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका झापा गाउँपालिका–६ का २३ वर्षीय राजेश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए।
उनका अनुसार कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा–कुमरखोद सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ गइरहेको मे १ च १६५४ नं को एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १–०१–०१५ प २१४८ नं को स्कुटीलाई ठक्कर दिएको थियो ।
सो दुर्घटनामा स्कुटी चालक झापा–६ का राजेश र सोही स्कुटीमा पछाडि सवार उनकी श्रीमती २० वर्षीया सर्मिला कार्की घाइते भएकी थिइन् । घाइते उनीहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेकामा थप उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रवक्ता थापाले बताए । एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड–१० का ४६ वर्षीय चन्द्रबहादुर विक प्रहरीको नियन्त्रण रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
चिसो बढ्दै गएपछि सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
पुष १५, २०८१ सोमबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार