जनकपुरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडि सडकमै सुतेर सुकुम्बासीको प्रदर्शन
नेपालबहस संवाददाता
साउन १५, २०७९ आइतबार २१:२२:५२
१५ साउन, जनकपुरधाम । सुकुम्बासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहेको र वास्तविक सुकुम्बासीहरु जग्गा पाउने अधिकारबाट वञ्चित भएको भन्दै आन्दोलनरत सुकुम्बासी र चुरे अभियानले सडकमै सुतेर प्रदर्शन गरेका छन् । चुरे क्षेत्र जोगाउन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरेको हुन् ।
चुरे दोहन बन्द गर, छानबिन प्रतिवेदन सार्वजनिक गर, सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउ लगाएका माग राखेर उनीहरुले जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि सडकमै सुतेर प्रदर्शन गरेका हुन् ।
वास्तविक भूमीहिन, दलितलाई जग्गा नदिई अर्कै व्यक्तिलाई दिने गरेको आरोप समेत लगाएका छन् । उनीहरु लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।
उनीहरुले यसअघि जनकपुरधाम बन्द, झाडू जुलुस प्रदर्शन गर्दै मुख्यमन्त्री, जिल्ला प्रशासन, राजनीतिक दलका नेताहरुलाई ज्ञापन पत्र बुझाइसकेको अभियानका संयोजकले जनकारी दिए । जनकारीका अनुसार पछिल्लो समयमा सुकुम्बासीहरु रिले अनसन बस्दै आएका छन्
सिरहास्थित मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वन क्षेत्रबारे प्रदेश सरकारले ४ भदौ २०७८ मा समिति बनाएर छानबिन गर्ने बताए पनि कुनै ध्यान नदिएको जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
आज मेधशभित्र दलीय एकता खोज्दैनछ विभाजित मधेशी नेता, उपेन्द्र भने लुम्बिनीतिर
पुष १६, २०८१ मंगलबार
बाक्लो कुहिराका कारण तराई मधेसको जनजीवन प्रभावित
पुष १६, २०८१ मंगलबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार