खोटाङ भूकम्प अपडेट: दुई घर भत्किए, १७ घर चर्किए !
नेपालबहस संवाददाता
साउन १५, २०७९ आइतबार २२:५१:४२
१५ साउन, खोटाङ । खोटाङको साकेला गाउँपालिका-५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ रेक्टर स्केलको भूकम्पले दुईवटा घर भत्किनुका साथै १७ घर चर्किएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका गंगा राई र हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर भत्किएको हो ।
मानवीय क्षति नभए पनि दुबै परिवार विस्थापित भएका छन् । हालसम्म भूकम्पले मात्तिमविर्तामा १७ घर चर्किएको विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले बताए । हालसम्म मानवीय क्षति भएको जानकारी नआएको प्रशासनले जनाएको छ ।
भूकम्पलगत्तै साकेला गाउँपालिकाका पाँचवटै वडामा क्षतिको विवतरण संकलन भइरहेको गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले बताए । वर्षा भइरहेका कारण क्षतिको विवरण संकलनमा कठिन भइरहेको छ । मात्तिमविर्ताका वडाध्यक्ष जीवन न्यौपानेले दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बढी क्षति पुगेको बताए ।
क्षति मूल्यांकनका लागि पत्राचार
हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्यांकनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ ।
आइतबार बिहान भूकम्प गएलगत्तै नगरपालिकाले इन्टग्रेटेड डिजास्टर भल्नेरेबिलिटी एसेसमेन्टका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गृह मन्त्रालयलाई पत्राचार गरेको हो । भूकम्पबाट भौतिक एवं मानवीय क्षतिको तत्काल एसेसमेन्ट गर्न प्राधिकरणबाट प्राविधिक टोली पठाएर सहयोग गर्न अनुरोध गरिएको नगर प्रमुख विमला राईले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार