श्रीमतीलाई भान्सेमा नियुक्ती गर्ने गाउँपालिका अध्यक्षको चौतर्फी आलोचना
नेपालबहस संवाददाता
साउन १६, २०७९ सोमबार १७:०:२६
१६ साउन, अछाम । अछाममा एक गाउँपालिकाका अध्यक्षले आफ्नी श्रीमतीलाई भान्सेको जागिर दिलाएको खुले पछि उनको आलोचना भएको छ ।
रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले आफ्नी श्रीमती जयसरा साउँदलाई भान्सेको जागिर दिलाएको खुले पछि आलोचना भएको हो । अध्यक्ष साउँदको ठाडो निर्देशनमा उनीकी श्रीमती साउदलाई विज्ञापन बिना नै कार्यालय सहयोगीको कोटामा भान्से पदमा नियुक्त गरेका थिए ।
करार सेवा अन्तरगत १५ जेठ गतेदेखि लागू हुनेगरि १५ मंसिरसम्म (६ महिना) का लागि उनले सो नियुक्त गरेका थिए । जसअनुसार श्रीमती जयसराले ले गाउँपालिकावाट मासिक २१ हजार ३ सय तलव र वार्षिक १० हजार पोशाक भत्ता सेवा सुविधा पाउने छिन ।
करारमा गाउँपालिका अध्यक्ष साउँदले आफ्नै श्रीमतीलाई जागिर दिएको भन्दै आलोचना भइरहेको बिषयमा बुझदा प्रमुख प्रशासकिय अधिकृत रामबहादुर भण्डारीले पालिका अध्यक्षको निर्देशन अनुसार नै करारमा भान्से नियुक्त गर्न लगाएको जनाएका छन ।
श्रीमतीलाई जागिर दिलाएको बारेमा बुझन खोज्दा गाउँपालिकाका अध्यक्ष साउँदले भने प्रतिक्रिया दिन आनाकानी गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभीम रावलले ओलीलाई दिए ३२ पेजको गाली, एक पेजमा राखे पार्टी खोल्ने योजनाः पूर्णपाठ
पुष १७, २०८१ बुधबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार