सांस्कृतिक संघको नेतृत्वलाई बर्खास्त गर्न माग गर्दै कलाकार रिजालले दिए राजीनामा
नेपालबहस संवाददाता
साउन १६, २०७९ सोमबार १९:५१:३८
१६ साउन, काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघलाई सदावहार अध्यक्ष तीर्थबहादुर थापाले मागी खाने भाँडो बनाएको भन्दै चर्चित कलाकार घनश्याम रिजालले केन्द्रीय सदस्यबाट राजीनामा दिएका छन् । बिगत २० बर्षदेखि संघको सदावहार अध्यक्ष रहेका थापाले कार्यक्रमका नाममा विदेश पठाउँदा गैह्रकलाकारसँग पैसा असुलेर मानव तस्करी गरेको आरोप पनि लागेको छ ।
विभिन्न देशका जनसम्पर्क समितिहरुलाई गैह्रकलाकारहरुलाई कलाकार बनाएर संघकै दुरुपयोग गरिनुले भोलि संस्थालाई हेर्ने दृष्टिकोण के हुन्छ भन्ने प्रश्न सृजना गरेको बताउँदै चर्चित लोकगायक रिजालले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले कि त नेपाल सांस्कृतिक संघलाई तुरुन्त महाधिवेशर्नको मिति तय गर्न निर्देशन देओस् नत्र सांस्कृतिक संघको नेतृत्वलाई तुरुन्त बर्खास्त गरोस् भन्ने माग गरेका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति स्याङ्जाका सदस्यसमेत रहेका चर्चित लोकगायक रिजालले संघमा धेरै विकृति र व्यक्तिवादी प्रवृति हावी रहेको, राम्रा मान्छे भन्दा हाम्रा मान्छेहरुको बाहुल्यताले संघ कतातिर जादैछ भन्ने भन्ने बिषय सोचनीय विषय बनेको बताएका छन् ।
“कसैको कामको मुल्याङ्कन भन्दा चाकडी, चाप्लुसी र गुलामीलाई प्रशय दिदै नेतृत्वको व्यक्तिवादी मनोमानीपनले संस्थालाई कहिल्यै हित गर्दैन, न विधिसम्मत न विधानसम्मत तरिकाले चलेको नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघमा रहेका गलत प्रवृतिका व्यक्तिहरुबाट कांग्रेसलाई सहयोग होला भनेर सोच्नु नै दुर्भाग्य हो” उनले भनेका छन् ।
लोकगायक रिजालले राजीनामा पत्रमा भनेका छन् “यस्तो दर्जनौं प्रवृति झांगिएको संस्थामा केन्द्रीय सदस्यको रुपमा रहन मेरो व्यक्तिगत स्वभाव र स्वाभिमानले दिएन, त्यसैले आजैको मितिबाट लागु हुने गरी राजीनामा पेश गरेको छु, नेपाल सांस्कृतिक संघ र नेपाली कांग्रेसको हित चिताउनु भएको छ भने तपाई लगायत अन्य साथीहरुले पनि राजीनामा दिनुहुनेछ भन्ने मलाई विश्वास छ, जय नेपाल । ”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार