अब फारम बिना नै एनआईसी एशिया बैंकमा मेसिनबाट सोझै रकम जम्मा हुने
नेपालबहस संवाददाता
साउन १६, २०७९ सोमबार १९:३४:२७
१६ साउन, काठमाडौं । एनआईसी एशिया बैंकले नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने सेवाको सुभारम्भ गरेको छ । नयाँ सेवामार्फत अब ग्राहकहरुले बैंकमा गई कुनै फारम बिना खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने नायव प्रमुख कार्यकारी अधिकृत एवं सूचना अधिकारी अर्जुन खनियाँले जानकारी दिए ।
१००० र ५०० दरका नोटहरु मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एकजना ग्राहकको खातामा एकपटकमा अधिकतम ९९,५०० गरी दैनिक अधिकतम ९,९९,५०० सम्म नगद जम्मा गर्ने सकिने व्यवस्था गरिएको प्रमुख खनियाँले जानकारी दिए ।
बैंकले यो सेवा हालको लागि न्यूरोड विशालबजार शाखामा विस्तार गरेको हो । निकट भविष्यमा देशका अन्य शाखाहरुमा समेत विस्तार गर्ने योजना बनाइरहेको बैंकले जनाएको छ ।
सोझै मेसिनबाट कसरी जम्मा गर्ने नगद ?
नगद जम्मा गर्नका लागि सेवाग्राहीले उक्त मेसिनमा रकम जम्मा गर्न इच्छाएको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा OTP प्राप्त हुन्छ । उक्त OTP मेसिनमा उल्लेख गरेर भेरिफाइ भएपछि रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुनेछ ।
त्यसपश्चात आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम खातामा तत्काल जम्मा गरिदिने छ र त्यसको जानकारी एसएसएस तथा रिसिप्ट मार्फत उपलब्ध हुने छ ।
नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको काउन्टरमा लामो समयसम्म बस्नु पर्ने अवस्थाबाट ग्राहकहरुलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
पाकेको कोदो टिप्दै एक युवा
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
पाकिस्तानबाट दशकौँपछि समुद्रको बाटो बङ्गलादेशतर्फ सामानको सिधा ढुवानी
मंसिर २, २०८१ आइतबार
भारतीय प्रहरी र नक्सलवादी समूहबीचको झडपमा पाँच विद्रोहीको मृत्यु
मंसिर २, २०८१ आइतबार
भारतीय प्रहरी र नक्सलवादी समूह बीचको झडपमा पाँच विद्रोहीको मृत्यु
मंसिर २, २०८१ आइतबार