यसपालीको तीजमा ‘बम्बैको साडी’ लिएर आए लोकगायक घनश्याम रिजाल
नेपालबहस संवाददाता
साउन १६, २०७९ सोमबार १९:५१:४९
१६ साउन, काठमाडौं । कलाकारहरुको उदगमस्थल भनेर चिनिने स्याङ्जाका चर्चित कलाकार घनश्याम रिजाल, रामजी खाँड र शिव हमालको पहिलो संयुक्त सहकार्यको रुपमा “बम्बैको साडी” तीज गीत बजारमा आएको छ। हिन्दु नेपालीहरुको महान् चाड तीजको आगमनको बेलामा उनीहरुले यो गीत दर्शक श्रोताहरुसामु प्रस्तुत गरेका हुन् ।
घनश्याम रिजाल र देवी घर्तिको आवाजमा “बम्बैको साडी” बोलको नयाँ तीज गीत बजारमा आएको हो। गीतको शब्द घनश्याम रिजाल तथा लय शिव हमालको रहेको छ। भिडियोमा रामजी खाँण र टिकटकमा भाइरल बनेकी अस्मिता रनपालको दमदार अभिनय रहेको देख्न सकिन्छ। होम गुरुङको निर्देशनमा रहेको भिडियोलाई छांयाङ्कन गणेश सापोकोटा र सम्पादन सुबास अ्म्गाइले गरेका छन्।
यो नाच्न मिल्ने खालको तीजको गीतका रुपमा आएको छ । सुरुमै धेरै श्रोता दर्शकले गीत मन पराएको गायक घनश्याम रिजालले नेपालबहसलाई बताए । गायक रिजालले यसअघि पनि ‘घर शुन्य भो’, ‘बाख्रा पालम्ला’ जस्ता सन्देशमूलक गीतका साथै ‘सरसर डालीमा बसेको चरी’ ‘अमिलो रसैले’ जस्ता रसिक गीतहरुमार्फत् आफ्नो लोकप्रियता प्रस्तुत गरिसकेका छन् ।
नेपाली चेलीहरुमा बम्बैको सारी र बनारसको सारीप्रतिको क्रेज परम्परादेखि नै कथन बनिसकेकाले बम्बैको साडीलाई गीतमा महत्व दिइएको गायक रिजालले बताए । ‘कि त बम्बैको कि त वनारसको सारी चेलीलाई उपहार दिने नेपाली प्रचलनलाई गीतले उजागर गरेको छ ।’ रिजालले भने ।
भिडियो रामजी खाँणको अफिसियल युटुव च्यानलबाट बजारमा आएको हो।
भिडियो हेर्नुसः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद
मंसिर ५, २०८१ बुधबार
भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ अब युट्युवमा
कात्तिक २९, २०८१ बिहिबार
यसरी बन्यो ‘रैँया चाँदीको...’
कात्तिक २८, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार