काभ्रेस्थली घटना : शव हेर्दा हत्यापछि आत्महत्या गरेजस्तो देखिन्छ : मेयर महर्जन
नेपालबहस संवाददाता
साउन १६, २०७९ सोमबार २०:३४:२६
१६ साउन, काठमाडौं । राजधानीको तारकेश्वरमा मृतावस्थामा फेला परेका ४ जना एकै परिवारका रहेको पुष्टि भएको छ । तारकेश्वर नगरपालिका–२ पदमसालमा सोमबार बिहान एकै परिवारका चार जनाको शव विभत्स अवस्थामा भेटिएको हाे ।
जिल्ला प्रहरी परिसर काठमाडौंले मृतक एकै परिवारका भएको पुष्टि गरेको हो । मृतकमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन् ।
घटनास्थलमा पुगेर फर्केका तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले नेपालबहससँग कुराकानीका क्रममा भने :- “शव हेर्दा हत्यापछि आत्महत्या गरेजस्तो देखिन्छ। तर, अहिले नै निष्कर्ष निकालिहाल्न सकिने अवस्था छैन।”
घरका सबै झ्याल–ढोका बन्द रहेको अवस्थामा शव फेला परेकाले परिवारकै सदस्यबाट घटना घटेको जस्तो देखिने उनले बताए। दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका हुन् ।
घटनास्थलमा संलग्न प्रहरीका अनुसार दिनेशलाई झुन्डिएको अवस्थामा मृत फेला पारिएको हो । भित्रबाट चुकुल लगाएर पहिला श्रीमती, छोरा र छोरीको हत्या गरेर दिनेशले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको जनाएको छ ।
४१ वर्षीया पाण्डे १० वर्ष कुवेतमा वैदेशिक रोजगारीको सिलसिलामा बसेर फर्केका थिए । दिनेशकी ३९ वर्षीया श्रीमती सुनीता पाण्डे घर नजिकै पसल चलाएर बसेकी थिइन् । प्रहरीका अुनसार उनीहरुको झैझगडा भइरहने र केही समयअघि दुईपटक बालाजु प्रहरी वृत्तमा मिलापत्र गरेर छाडिएको थियो ।
बिहान अबेरसम्म पनि घरमा सुनसान भएपछि स्थानीयले ढोका फोरेर हेर्दा उनीहरु मृत फेला परेको खबर प्रहरीलाई दिएका थिए । प्रहरीका अनुसार अहिले घटनास्थलबाट मुचुल्का उठाउने काम भइरहको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिप दुर्घटनामा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो
पुष ११, २०८१ बिहिबार
माग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
वालिङमा व्यावसायिक केराखेतीः वार्षिक चार लाख मुनाफा
पुष १४, २०८१ आइतबार
दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु
पुष १४, २०८१ आइतबार
कर्णालीका ९ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै
पुष १४, २०८१ आइतबार
पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’
पुष १४, २०८१ आइतबार
बेरोजगारी र परनिर्भरता अन्त्य गर्न व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
पुष १४, २०८१ आइतबार
चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन
पुष १४, २०८१ आइतबार