कर्णालीमा बढ्याे कोरोना संक्रमणकाे दर
नेपालबहस संवाददाता
साउन १६, २०७९ सोमबार २०:१६:२१
१६ साउन , वीरेन्द्रनगर । साउन लागेसँगै कर्णालीमा कोरोना भाइरसको संक्रमणदर फेरि बढ्न थालेको छ । केही महिनायता स्थिर रहेको संक्रमण विस्तारै बढ्दो क्रममा देखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार दैनिक सरदर छ/सात जनामा कोरोना संक्रमण देखिएको छ ।
निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले साउनदेखि दिनप्रतिदिन कोरोना संक्रमित भेटिएको बताए । “साउनदेखि प्रत्येक दिनजसो संक्रमित भेटिने गरेका छन्,” उनले भने, “पछिल्लो १५ दिनको अवधिमा प्रदेशभर ८४ जनामा संक्रमण पुष्टि भएको छ ।
सबैभन्दा बढी सुर्खेतमा देखिने गरेको छ ।” निर्देशनालयको तथ्याङ्कमा प्रदेशभर ६० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित छन् । कर्णालीमा अहिले पुष्टि भइरहेकामध्ये अधिकांश संक्रमित सुर्खेतका छन् । यहाँ दुई सातायताको विवरण हेर्दा यहाँ ३३ प्रतिशतभन्दा माथि संक्रमणदर देखिएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार संक्रमण बढेसँगै एन्टिजेन परीक्षणको दायरा विस्तार गर्न जिल्लाका नौवटै स्थानीय तहलाई पत्राचार गरिएको छ । संक्रमणदर बढे पनि परीक्षणको दायरा भने बढाइएको छैन ।
पिसिआर परीक्षणका लागि सुर्खेत नै पुग्नुपर्ने बाध्यता छ । वीरेन्द्रनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै पिसिआर विधिबाट परीक्षण भइरहेको छ ।
एन्टिजेन विधिबाट अन्य स्वास्थ्य संस्थाहरूमा पनि परीक्षण गर्ने गरिएको निर्देशनालयले जनाएको छ । प्रदेश अस्पताल, जनस्वास्थ्य सेवा कार्यालय र वीरेन्द्रनगर नगरपालिकामा पनि एन्टिजेन विधिबाट नियमित कोरोना परीक्षण भइरहेको बताइएको छ ।
आइतबारसम्म सुर्खेतमा ३६सक्रिय सङ्क्रमति पुगेका थिए । संक्रमित सबै होम आइसोलेशनमा रहेका छन् । संक्रमणको जोखिम बढ्दै गए पनि सोहीअनुसारको सतर्कता अपनाउनका लगि प्रेरित गर्न भने सम्बन्धित निकायले ढिलाइ गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १४, २०८१ आइतबार
नेपाल–भारत सैन्य अभ्यास मंगलबारदेखि सुरु हुने
पुष १४, २०८१ आइतबार
वालिङमा व्यावसायिक केराखेतीः वार्षिक चार लाख मुनाफा
पुष १४, २०८१ आइतबार
दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु
पुष १४, २०८१ आइतबार
कर्णालीका ९ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै
पुष १४, २०८१ आइतबार
पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’
पुष १४, २०८१ आइतबार