भलिबल: मास्केले भोलि उम्मेदवारी घोषणा गर्ने
नेपालबहस संवाददाता
साउन १६, २०७९ सोमबार २१:१९:२६
१६ साउन, काठमाडौं । नेपाल भलिबल संघ (एनभिए)को आगामी निर्वाचनमा वर्तमान उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छिन् ।
मौखिक रुपमा यसअघि नै अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएकी मास्केले आगामी चार वर्षे कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी भोलि (मंगलबार) दिने भएकी हुन् ।
‘नेपाली भलिबलको आगामी बाटोसम्बन्धी मेरो अवधारणासहित अध्यक्षमा उम्मेदवारीको घोषणा गर्छु,’ मास्केले सूचना जारी गरेकी छिन् । उनले दिउँसो २ बजे नेपाल हाउस हात्तीसारमा कार्यक्रम राखेकी छिन् ।
एनभिएको आगामी निर्वाचन २२ भदौमा हुँदैछ । यस्तै, उनको समूहबाट मनवीर छन्त्यालले महासचिवमा उम्मेदवारी दिने बताएका छन् । वर्तमान महासचिव जितेन्द्र चन्द समेत अध्यक्षका प्रत्यासी बन्ने जनाएका छन् । आन्तरिक रुपमा तयारी गरे पनि औपचारिक रुपमा उनले उम्मेदवारी घोषणा भने गरेका छैनन् ।
वर्तमान कार्यसमितिको पदावधी दुई वर्षअघि नै सकिए पनि कोरोना महामारी र खेलकुद ऐनका कारण निर्वाचन हुन सकेको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १४, २०८१ आइतबार
नेपाल–भारत सैन्य अभ्यास मंगलबारदेखि सुरु हुने
पुष १४, २०८१ आइतबार
वालिङमा व्यावसायिक केराखेतीः वार्षिक चार लाख मुनाफा
पुष १४, २०८१ आइतबार
दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु
पुष १४, २०८१ आइतबार
कर्णालीका ९ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै
पुष १४, २०८१ आइतबार
पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’
पुष १४, २०८१ आइतबार