स्कुल अफ व्युटीसियन आइटिसीको १९ औं बार्षिकोत्सव भव्यताको साथ सम्पन्न
नेपालबहस संवाददाता
साउन १६, २०७९ सोमबार २१:५२:३७
१६ साउन, काठमाडौं । स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टरको १९ औं बार्षिकोत्सव भव्यताको साथ सम्पन्न भएको छ। बरिष्ट सौन्दर्यबिद रुस्का श्रेष्ठ बैधले ‘स्कुल अफ व्युटीसियन’को स्थापनाको १९ औं बार्षिकोत्सव एक भब्य समारोह बीच मनाएकी हुन्। उनको ट्रेनीङ सेन्टर, ब्युटिपार्लर काठमाडौंको नक्साल र काभ्रेको बनेपामा रहेको छ ।
प्रमुख अतिथि राज्यश्री श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिसेष अतिथिमा बरिष्ट ब्युटिसियन कमला श्रेष्ठ मल्टिपल काउन्सिल चेयार्पर्सन लायन केशब पाण्डे रहेका थिए। ‘स्कुल अफ व्युटीसियन’ आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टर बाट व्युटिसियन प्रशिक्षण लिएका १०० जना व्युटिसियन विधार्थीहरुलाई उक्त कार्यक्रममा सम्बन्धित कोर्ष उतिर्ण गरेको प्रमाणपत्र प्रदान गरिएको थियो।
बार्षिकोत्सव समारोहमा बोल्दै रुस्का श्रेष्ठ बैद्यले १९ बर्ष अगाडि स्थापना गरेको यो स्कुल अफ ब्युटिसियनले प्रशिक्षण र व्युटी सेवा दुबै क्षेत्रमा योगदान दिँदै आएको बताईन् । हजारौ नारीहरुलाई सौन्दर्य सिप सिकाएर रोजगार सहित आत्मानिर्भर बनाउँदा पाउँदा खुसी लागेको भनाई उनले सो कार्यक्रममा राखिन् । १९ बर्षको अबधिमा आफुले काठमाडौं र बनेपामा गरि करिब ११ हजार भन्दा बढी व्युटिसियनहरुलाई प्रशिक्षण दिएर यो पेशामा ल्याएको पनि बताईन् ।
डिस्ट्रिक गभर्नर लायन उत्तम झा, अभिनेता प्रसान्त ताम्राकार, पूर्व मिस नेपाल उषा खड्की बरिष्ट सौन्दर्यबिदहरु सिता पाठक, सोनी कारँजित, सुमित्रा रँजित, रश्मिला श्रेष्ठ, लक्ष्मी महत, रचना शाक्य, रिना अवाले, रेणु शाक्य राना र दिक्पाल कार्की, संचारकर्मी सुर्य चन्द, पत्रकार डब्बु क्षेत्रि, महेश केसी, फेसन डिजाइनर काजल शर्मा, सौन्दर्यकर्मी मेनुका सिवाकोटी, कमला लामिछाने, सजना कार्की, सुमी श्रेष्ठ, गायिका ऋतु कंडेल,सीटीभीटी बागमती प्रदेशका निर्देशक तैलेन्द्र आचार्य, सांग्रिला डेभलपमेन्ट बैंक बालुवाटार शाखा प्रमुख अपूर्व जोशी सहित विभिन्न सौन्दर्यकर्मीहरुले बरिष्ट सौन्दर्यबिद रुस्कालाई बार्षिकोत्सवको बधाई तथा शुभकामना दिएका थिए ।
विभिन्न सांस्कृतिक कार्यक्रम, सम्मान कार्यक्रमको साथमा केक काटेर मनाईएको सो कार्यक्रममा उधमी महिला, व्युटिसियन सहित समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरु तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन मोडल रुबिश्का श्रेष्ठले गरेकी थिइन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार
दुई वर्षपछि क्यानाडाबाट नेपाल फर्किए, घर नपुगी होटलमै पासो लगाएर आत्महत्या गरे
मंसिर ९, २०८१ आइतबार