प्राइड क्यासिनोमा दावा शेर्पा भन्ने ‘सेठ्ठी’को लुट: क्यासिनोमा टेवुल ठेक्का, फकाईफकाई ठगी, गुण्डा लगाएर असुली
नेपालबहस संवाददाता
साउन १६, २०७९ मंगलबार २:३०:१७
१६ साउन, काठमाडौं । नेपालीलाई क्यासिनोमा प्रवेश निषेध गर्दैमा कुन क्यासिनो बन्द भएको छ र ? बरु, तिनै नेपालीलाई कुन जुक्ति लगाएर, के-कस्तो प्रलोभन वा सेवासुविधा दिएर हुन्छ, क्यासिनोमा डाक्ने र फकाई फकाई लुट्ने कार्य जारी छ ।
विगतको तुलनामा यतिबेला जुनसुकै क्यासिनोमा ग्राहक अर्थात जुवाडेको आवतजावत निकै पातलो छ । विगतमा खान पिउनकै लागि जानेहरुको संख्या बढी हुन्थ्यो भने यतिबेला खेल्नेहरु मात्र पुग्छन् । नेपाली जुवाडे क्यासिनो छिर्नु परेमा इन्डीयन आईडी कार्डको व्यवस्थापन स्वयम् क्यासिनोले नै गरिदिन्छ । अन्य देशका नागरिकलाई क्यासिनो प्रवेशमा रुकावट हुने कुरै भएन । यसरी हेर्दा बरु नेपालीलाई गरिएको प्रवेश निषेध क्यासिनो सञ्चालकका हकमा खर्चमा कमी आउँदा उल्टो फाइदा बढी देखिएको छ ।
नेपालीको प्रवेश निषेधपछि क्यासिनो सञ्चालकहरुले यतिबेला प्रायः क्यासिनोमा दलाल नियुक्त गरेर टेवुल भाडामा लगाउने कार्य गरिरहेका छन् । त्यसरी टेबुल लिएवापत दलालले क्यासिनोलाई मोटो रकम बुझाउने गर्छन् । बौद्धस्थित ह्यात होटलमा रहेको प्राइड क्यासिनोमा लुट कार्य मौलाएको पीडित पक्षले नेपालबहससँग गुनासो गरेका छन् ।
आफूलाई विभिन्न प्रलोभन दिएर क्यासिनोकै खेलाडीको मिलोमतोमा लाखौं लुटेको उनले गुनासो गरेका हुन् । सिक्कीमको माजुड क्यासिनोमा यसरी नै टेबुल ठेक्का लिएर क्यासिनो चलाउँदै आएका दावा शेपा भन्ने सेठ्ठी जो मिटर व्याजीका रुपमा पनि चिनिन्छन्, उनले आफूलाई फकाएर झण्डै ३५ लाख नगद क्यासिनोमा पोकर खेलमा हराएको बताए ।
‘तास बाँड्ने डिलरका पछाडी दुईजना उभिएका हुन्थे, उनीहरुले तास मिलाउथे र बाँड्दै गर्दा सेटीङमा हामी वास्तविक खेलाडीलाई सानो दाउ पार्ने र सेटीङमै खेल्न बसेकालाई जिताइदिने गर्थे,’ पीडितको गुनासो थियो । लगातार चार-पाँच दिन खेल्नेक्रममा ३५ लाख हारिसक्दा आफूलाई थप सापटीका नाममा दिएको रकम समेत हराएको र उक्त रकम लिन घरमा मान्छे पठाएर धम्की दिने गरेको गुनासो पीडितको छ ।
सेटीङ गरिएका खेलाडीलाई मात्र बारम्बार ठूलो दाऊ परिने गरिएपछि आफूलाई शंका लागेर उक्त कुरा उठाएको समेत पीडितले बताए । उनले आफू खेलेको दिनको दृश्य हेर्दा यथार्थ थाहा हुने समेत बताएका छन् । यता, सेठ्ठी भनिने दावा शेर्पा नामका जुवा दलाल चुच्चेपाटीस्थित केएल टावर अगाडी बस्ने गरेको र त्यहीँ उसले क्यासिनोमा खेल्ने खेलाडी जुटाएर लैजाने गरेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार