मुगुमा अनुदानको ३२० बोरा नुन डिपो कार्यालयबाटै गायब
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन १७, २०७९ मंगलबार १८:४०:८
![](https://nepalbahas.prixacdn.net/media/albums/nun_Ru0G6JvUNh.jpg)
खड्क सुनार
१७ साउन, मुगु । सरकारले मुगुको लागि प्रदान गरेको नुन बिक्री वितरण नहुँदै डिपो कार्यालयबाटै गायब भएको छ । सरकारले मुगुको लागि दिइएको ३२० बोरा ‘१५९ क्विन्टल’ अनुदानको नुन वितरण नहुँदै सदरमुकाम गमगढी बजारमा रहेको डिपो कार्यालयबाटै गायब भएको हो ।
ढुवानीको जिम्मेवारी पाएको रारा छायाँनाथ एयर काग्रो एण्ड ढुवानी सेवाले ल्याएको २ हजार ७०० क्विन्टलमध्ये १५९ क्विन्टल ‘३२० बोरा’ नुन गमगढी स्थित साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड डिपो कार्यालय मुगुबाट हराएको ठेकेदारको दाबी छ ।
आर्थिक बर्ष २०७८र०७९ को लागि पहिलो पटक १५ सय क्विन्टल र दोस्रो पटक १२ सय क्विन्टल गरी कुल २ हजार ७०० क्विन्टल नुन नेपालगञ्जदेखि साल्ट ट्रेडिङ्ग लिमिटेड डिपो कार्यालय मुगुलाई बुझाएको रारा छायांनाथ एयर कार्गो एण्ड ढुवानी सेवाका सञ्चालक रामचन्द्र भामले बताए ।
उनका अनुसार डिपो कार्यालय मुगुमा साल्ट ट्रेडिङलाई ठेकेदारको सम्झौताअनुसारको नुन पुर्याएको ठेकेदार भामले दाबी गरेका छन् । मुगु डिपोका प्रमुख खगेन्द्र कार्कीले नुन नआइपुगेको भन्दै मौज्दातमा नराखी १५९ क्विन्टल नुन बिक्री गरी गायब बनाइएको ठेकेदारको आरोप छ । प्रमुख कार्कीले उक्त नुनको हिसाब नै नदेखाई बिक्री गरेको ठेकेदारको आरोप छ ।
ठेकेदारका अनुसार हरेकपटक नुन ढुवानी गरेर गमगढी पुर्याएपछि प्रमुखलाई नुन बुझ्न खबर गर्दा डिपो प्रमुखले श्रीमती विद्या मल्ल कार्कीलाई पठाउने गरेको भामले बताए । उनले भने, ‘नुन बुझ्ने श्रीमतीले होइन , डिपो प्रमुखले बुझ्नुपर्छ । चलानी बुझाइ अन्य कागजात माग्दा अर्कोदिन दिन्छु भनी डिपो प्रमुख कार्कीले आलटाल गर्ने र अहिले अन्तिममा आएर नुन नै ठेकेदारले नल्याएको भनेर आफु पन्छिन खोजेका छन् ।’
ठेकेदार भामले प्रमुखले आफूबाट एक लाख रुपैयाँ घुस खान खोजेको र आफूले दिन नमान्दा एक गाडी नुन नै गायब बनाइदिएको प्रमुख आरोप लगाएका छन् । नेपालगञ्ज साल्ट ट्रेडिङ लिमिटेडदेखि चलानी गरी सातपटक नुन ढुवानी गरी मुगु डिपोलाई प्रशासन प्रतिनिधिको रोहबरमा बुझाइएको सबै कागजात प्रमाण हामीसँग हुँदा पनि कार्यालय प्रमुख कार्कीले नुन नपुगेको गाडी रोकिदिएको जनाइएको छ ।
प्रादेशिक कार्यालय नेपालगञ्ज साल्ट ट्रेडिङबाट गत ८ चैतमा नुन बोकेर मुगु हिँडेको भे १ ख ३६९० नम्बरको सवारी १२ चैतमा मुगुको भुलभुले चेक पोष्टमा सि।नं ३३ मा इन्ट्री दर्ता भइ १३ गते आइतबार दिउँसो साल्ट ट्रेडिङ मुगु डिपोका प्रमुख खगेन्द्र कार्कीकी श्रीमती विद्या मल्ल कार्कीलाई जिल्ला प्रशासन कार्यालय मुगुका प्रतिनिधिको रोहोबरमा बुझाएको ठेकेदारका प्रतिनिध पुलिनिन्द बुढाको भनाइ छ ।
साल्ट ट्रेडिङ मुगु डिपोका प्रमुख खगेन्द्र कार्कीका अनुसार ठेकेदारले कार्यालयलाई नुन बुझाएका छैनन् । ठेकेदार भामले लगाएको यो सबै आरोप निराधार रहेको कार्कीको भनाइ छ । यस वर्ष मुगुको लागि दुई हजार ७०० क्विन्टल नुन आउनु पर्नेमा दुई हजार ५४१ क्विन्टल मात्र ठेकेदारबाट बुझेको डिपो प्रमुख खगेन्द्र कार्कीले बताए ।
दुर्गम जिल्लातिर आउने नुन, चामलहरू प्रमुख जिल्ला अधिकारीको रोहबरमा प्रमाणित गर्नुपर्ने हुन्छ, त्यसैअनुरुप आफू स्वयं गोदाममै पुगेर एक एक गरेर गन्ती गरी प्रमाणित गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
शपथ खाएर झुटो बोलेको भन्दै सिंगापुरका सांसदलाइ १४ हजार डलर जरिवाना
फागुन ६, २०८१ मंगलबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार