व्यवसायिक फूलखेतीमा आकर्षण बढ्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_UIxDgs76ai.jpeg
)
नेपालबहस संवाददाता
साउन १७, २०७९ मंगलबार १९:५८:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/flower_20201106071031-e1659428619753_RvPbALKIIl.jpg)
१७ साउन, राँझा । फूल उत्पादन गरेर व्यावसायिकरुपमा राम्रो आम्दानी हुन थालेपछि बाँकेमा फूल खेती गर्ने किसानको संख्या बढ्दै गएको छ । किसानले यो वर्ष विगतको भन्दा धेरै क्षेत्रफलमा फूल रोपेका छन् । दसैँ र तिहारलाई लक्ष्य गरेर यतिबेला किसान फूल रोप्न व्यस्त छन् । नेपालगंज उपमहानगरपालिका–२० मनिकापुरमा विगत दुई वर्षदेखि व्यावसायिकरुपमा फूल खेती गर्दै आएकी बिन्दु चर्तिमगरको परिवारलाई यतिबेला फूल रोप्न भ्याइनभ्याई छ ।
गत वर्षसम्म १० कट्ठा जमिनमा फूल खेती गर्दै आइएकामा यो वर्ष खेती विस्तार गरेर एक बिघा जमिनमा विस्तार गरिएको उहाँले बताउनुभयो । किसान चर्तिमगरका अनुसार यो वर्ष नेपालगञ्ज–२० कट्ठा, टमनिकापुरमा १० कट्ठा र खजुरा–१ सैनिकमा १० कट्ठा गरी एक बिघा क्षेत्रफलमा सात हजार सयपत्री फूलका बिरुवा लगाइएको छ । गत वर्ष बाँकेमा व्यावसायिकरुपमा एक बिघा क्षेत्रफलमा फूल खेती गरिएकामा नेपालगञ्ज उपमहानगपालिका–२० मा चर्तिमगरले १० कट्ठामा, कोहलपुर नगरपालिका–३ मा विष्णु चौधरीले पाँच कट्ठा र खजुरा गाउँपालिका–३मा अरुणा गुरुङले एक कट्ठामा सयपत्री फूलको खेती गरेका थिए ।
यो वर्ष फूलको उत्पादन बढाउन जग्गाको क्षेत्रफल पनि बढाइएको छ । यो वर्ष चौधरीले कोहलपुर–३ मा १४ कट्ठामा पाँच हजार सयपत्रीको फूल लगाएका छन् भने खजुरा–३ मा गुरुङले दुई कट्ठामा सयपत्रीको फूल लगाउनु भएको छ । चर्तिमगरले यो वर्ष १५ क्विन्टल र चौधरीले १० क्विन्टल फूल उत्पादन हुने अपेक्षा गरेका छन् । विशेषगरी दसैँ र तिहारलाई लक्ष्य गरेर उनीहरुले फूल उत्पादन बढाउन लागेका हुन् । बाँकेका स्थानीयवासीले घर–घरमा पनि फूल उत्पादन गर्न थालेका छन् । यो वर्ष फूल उत्पादन गर्न तालिम दिइएपछि नेपालगञ्ज–२० मनिकापुरका महिलाहरुले पनि करिब पाँच कट्ठा जमिनमा सयपत्रीका फूल लगाएको पुष्प व्यवसायी चर्तिमगरले जानकारी दिए ।
विन्दु, विष्णु र अरुणाले व्यावसायिक रुपमा पुष्प व्यवसाय गरेपछि अहिले बाँकेका थुप्रै महिला यसतर्फ लागेका छन् । पुष्प खेती गर्ने किसानको संख्या बढ्दै गएपछि जिल्लामा फूल उत्पादन पनि बढ्दै गएको छ । विशेषगरी दसैं र तिहारमा बढी फूलको माग हुने भए पनि अन्य धार्मिक कार्य तथा कार्यक्रममा पनि फूलको माग हुने गर्दछ । जिल्लामा प्रायः भारतबाट फूल आयात गरी यहाँका व्यापारीहरुले बिक्री गर्दै आएका थिए । जिल्लामै फूलको उत्पादन बढेमा भारतीय फूलको आयातलाई केही मात्रामा कमी गराउन सकिने पुष्प व्यवसायी चर्तिमगरको भनाइ थियो । उनले नेपालगञ्जमा फूलको पसल संचालन गरेर फूल बिक्री गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
अमेरिकाले भुक्तानी रोकेपछि एमसीसी परियोजना स्थगित
फागुन ६, २०८१ मंगलबार