जिल्ला प्रशासन नेतृत्वको सरकारी टोली बडीमालिका प्रस्थान (तस्बिरसहित)
नेपालबहस संवाददाता
साउन १७, २०७९ मंगलबार २१:२६:२९
Shares
जुम्ला १७ साउन । जिल्ला प्रशासन कार्यालय जुम्लाकाे नेतृत्वको सरकारी टोली पूजाआजाका लागि बडीमालिका प्रस्थान गरेको छ । तत्कालिन जुम्ला र डोटी राज्यद्धारा नाग पञ्चमीका अवसरमा संयुक्त रुपमा पूजा गर्ने प्रचलनअनुसार जुम्लाबाट पूजाआजाको डोलीसहित कर्मचारी नेतृत्वको टोली बडीमालिका प्रस्थान गरेको हो ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्वको चार जनाको टोली र भक्तालुहरू त्यसतर्फ प्रस्थान गरेका हुन् । टोली बडिमालिका प्रस्थान गर्नुअघि जिल्ला प्रशासन कार्यालय अगाडि रहेको दरवार मालिकाको पूजाआज गरिएको साहयक प्रमुख जिल्ला अधिकरी प्रमिला रिजालले बताइन ।
उनका अनुसार नेपाली सेनाको एक टुकुटीले बटुक भैरवनाथ, चन्दननाथ बाबा र दरवार मालिकाको सलामी अर्पणपछि टोलीलाई बिदाई गरिएको हो । नाग पञ्चमीका दिनमा बडीमालिका प्रस्थान गर्ने परम्पराअनुसार जुम्लाको टोली त्यसतर्फ प्रस्थान गरेको सँस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताए ।
बिहीबार प्रस्थान गरेको टोली १७ दिनको पैदल यात्रापछि बडीमालिकामा पुगेर पूजाआजा गरेर खलंगा फर्कनेछ । पहिला अञ्चलाधीश कार्यालय माताहातमा चालिआएको पूजाआजा कार्यक्रम अहिले जिल्ला प्रशासन कार्यालयको माताहातमा हुने गर्छ । बडीमालिका माईको पूजाआजा गरेर मनको इच्छा पूरा हुने धार्मिक विश्वास छ ।
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीका ९ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै
पुष १४, २०८१ आइतबार
अन्तर प्रदेश विकासका लागि लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीले गरे १९ बुँदे साझा सहमति
पुष १२, २०८१ शुक्रबार
नौ रुपैयाँको नुन किन्न पच्चीस सय खर्च !
पुष १२, २०८१ शुक्रबार
कर्णालीका ९ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै
पुष १४, २०८१ आइतबार
पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’
पुष १४, २०८१ आइतबार
बेरोजगारी र परनिर्भरता अन्त्य गर्न व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
पुष १४, २०८१ आइतबार
चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन
पुष १४, २०८१ आइतबार
यी ठाउँमा आज पनि वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
पुष १४, २०८१ आइतबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार