नारायणगढ–मुग्लिङ सडक खण्डमा फेरी पहिरो, रातिदेखि सयौं सवारीहरू अलपत्र !
नेपालबहस संवाददाता
साउन १८, २०७९ बुधबार १५:३०:३५
१८ असार, काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डमा फेरी पहिरो जाँदा सयौं सवारी साधन रोकिन पुगेका छन् । भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा मंगलबार राति पुन: पहिरो खसेपछि पुर्व पश्चिमतर्फ लागेका सयौं सवारी साधान रोकिन पुगेका हुन ।
पहिरोस्थललगायत आसापासमा रहेका प्रहरीले बस्ति भएको ठाउँमा सवारी साधान पार्किङ गर्न अनुरोध गरेको छ । यात्रुहरुलाई खानपिन, शौंचलगायतमा समस्या नहोस भनेर प्रहरीले सवारी चालकलगायतसँग अनुरोध गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार बुधवार राति साढे २ बजेतिर मौरी खोला पुलमा फेरी पहिरो गएकाले पन्छाउने कार्य भने जारी राखिएको छ ।
उनका अनुसार सोमबार राति ११ बजे पनि पहिरो खसे पछि २३ घण्टा पछि मंगलबार राति पौने १० बजे उक्त पहिरो सफा गरेर सवारी खुलाइएको थियो । तर, लगत्तै बुधवार राती पनि सोही ठाउँमा पहिरो गएका कारण सयौं सवारी साधान रोकिन पुगेका छन ।
बुधवार राती खसेको पहिरोले भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा पनि सामान्य क्षति भए पनि थप धनजनको भने क्षति हुन पुगेको छैन ।
पहिरोका कारण बाटोमा सोमबार रातिदेखि सयौं सवारीहरू अलपत्र अवस्थामा रहेका छन भने पहिरोको जोखिम अझै कायम भएको भन्दै प्रहरीले सवारीहरु बस्ती भएको छेउछाउमै रोक्नका लागि माइकिङ गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार