ओली झापा आए पछि किन झस्किन्छन् विश्वदीप लिङ्गदेनसँग ?
यज्ञप्रसाद भट्टराई
साउन १८, २०७९ बुधबार १७:२७:४२
१८ साउन, दमक । नेपाली कांग्रेसका युवा नेता विश्वदीप लिङ्गदेन झापामा अति नै प्रभावशाली र लोकप्रिय नेताका रुपमा चिनिन्छन् । नेपाली राजनीतिमा विशिष्ठ योगदान गरेका युवा नेता लिङ्गदेन दमक तथा झापा क्षेत्र नं. ५ का आम नागरिकहरुबीच पनि उत्तिकै लोकप्रिय मानिन्छन् ।
दमकको जिउँदो ईतिहास समेत बोकेका र झापा क्षेत्र नं. ५ का जनताले अत्यन्तै ठूलो आशा र भरोसाका रुपमा हेर्ने गरिएका कांग्रेस नेता लिङ्गदेनलाई अझै पनि आम नागरिकहरुले आफ्ना अभिभावकका रुपमा हेर्ने गर्दछन् ।
गौरीगञ्ज, गौरादह, कमल र दमकका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले मात्र हैन आम नागरिक तथा मतदाताहरुले समेत कांग्रेस नेता लिङ्गदेनलाई पुनः एकपटक संघीय निर्वाचनमार्फत एमाले अध्यक्ष केपी ओली र ओली प्रवृत्ति बिरुद्ध अगाडि आउन आग्रह समेत गरिरहेको अवस्था छ ।
बिगत २० बर्षदेखि झापा र झापाको क्षेत्र नं. ५ लाई आफ्नो राजनीतिक कर्मथलोको रुपमा लिएर निरन्तर जनताका समस्या र खुशीहरुमा सहभागी हुँदै आएका नेता लिङ्गदेनलाई देशको २-२ पटक प्रधानमन्त्री भैसकेका नेकपा एमालेका अध्यक्षले समेत निरुन्तर खोजी गर्नु उनको लोकप्रियता र जनउत्तरदायी काम नै मुख्यरुपमा रहेको झापाका कांग्रेस नेताहरु बताउँछन् ।
केही समय अगाडि एमाले अध्यक्ष ओली दमक आउँदा २०६४ सालमा संविधानसभा सदस्य निर्वाचनमा आफुलाई हराउने नेता कहाँ छन् ? भनिरहँदा बिगतमा निर्वाचन जितेर बर्षमा ५ दिन दमक बसेर आफै बर्षौ हराईरहेका ओलीलाई प्रतिउत्तर दिदैं कांग्रेस नेता लिङ्गदेनले आफुलाई काठमाडौंमा नभई जनताको आँगनमा खोज्न आउन चुनौति समेत दिएका छन् ।
नेकपा एमालेका अध्यक्ष ओलीलाई २०६४ सालको संविधानसभा निर्वाचनमा हराउँदै संविधानसभा सदस्य बनेका कांग्रेस नेता लिङ्गदेनले आफ्नो कार्यकालमा झापामा बिद्यालय निर्माण, सडक सञ्जाल बिस्तार, ग्रामिण बिद्युतिकरण, तटबन्धन लगायतका बिकास कार्यहरुमा समेत उल्लेख्य कामहरु गरेको झापा क्षेत्र नं. ५ का जनताहरु अहिले पनि सम्झन्छन् । तर पनि ओली अझै भन्दैछन्, विश्वदीप लिङ्गदेन कहाँ छन् ? जवाफमा लिङ्गदेन ओलीलाई चुनौती दिदैं भन्छन्ः “मलाई खोज्न भ्रष्टहरुको बार्दलीमा हैन, अपराधीहरुको अखडामा हैन, माफिया र तस्करहरुको महलमा हैन, झापाका गरिब, दीनदुःखी र असहायहरुको घरआँगनमा भेटन आउनु ”।
एमालेका अध्यक्ष ओलीलाई सधैं उटपट्याङ्ग गफ गरेर फेरी पनि सत्तामा उक्लिन नदिने चुनौति दिदै कांग्रेस नेता लिङ्गदेनले पार्टीले आवश्यक ठाने फेरी पनि एकपटक ओलीलाई हराएर ओलीले गरेका अपराध, गलत कार्य र खराव प्रवृत्तिको भण्डाफोर गर्ने जानकारी दिएका छन् ।आफु संविधानसभा सदस्य रहेको समयमा झापा र झापाको क्षेत्र नं. ५ मा गरिएका विकास निर्माणका कार्यहरुले अहिले पनि संझिरहेको अवस्थामा लिङ्गदेनले मैले बनाएको बाटामा चिल्ला गाडी गुडाउँदै विश्वदीप लिङ्गदेन खै ? भन्न ओलीलाई आफै लाज लाग्नुपर्ने बताएका छन् ।आफु ४ बर्ष सभासद हुँदा ६० किमी सडक कालोपत्रे गरेको बताउँदै कांग्रेस नेता लिङ्गदेनले ओलीले ५ पटक सांसद र २ पटकसम्म प्रधानमन्त्री हुँदा जम्मा ९० किमी मात्रै सडक कालोपत्रे भएको तथ्यांक पेश गरेका छन् ।
सधैं हावादारी गफ गरेर नहिडन एमाले अध्यक्ष ओलीलाई चुनौति दिदैं कांग्रेस नेता लिङ्गदेनले आफु ओलीजस्तो कहिल्यै पनि भ्रष्टाचारी र माफियाहरुको आहालमा नफँस्ने र यस्ता दुर्गन्धहरु कहिल्यै पनि नबोक्ने चुनौति समेत दिएका छन् । आफु जनताको आँगनमा पुग्दा जनताले हाम्रो सांसद खैं ? भनेर उल्टै खोजिरहेको बेला जनताको दुःखमा सधैं साथमा रहेको जनताको छोरोलाई विश्वदीप लिङ्गदेन खैं ? भन्नु ओलीको लिङ्गदेनप्रतिको डर र लिङ्गदेन फेरी उम्मेदवार भए आफु हार्न सक्ने लाचार अभिव्यत्ति मात्रै हुनसक्ने समेत कांग्रेस नेता लिङ्गदेनको अनुमान छ ।
झापा जिल्लाको क्षे्त्र नं. ५ मा आगामी संघीय निर्वाचनमा लिङ्गदेनको नेपाली कांग्रेसको तर्फबाट पुनः सांसदको उम्मेदवार बन्ने चर्चा भएसँगै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली अहिले हठात मनस्थितिमा हच्किएको हुनसक्ने झापा ५ का नेता तथा कार्यकर्ताहरु एवं जनताहरुले बताउन थालेका छन् । लिङदेनको छवि मतदाताको माँझ हक्की, इमान्दार, विकासप्रेमी, अहिलेसम्म कही कतै कुनै भ्रष्टाचार र अनैतिक कार्यमा दाग नलागेको नेताको छवि भएको हुनाले पनि उनीसँग ओली बारम्बार झस्किएका हुन कि ? भन्ने झापालाीहरुको अनुमान छ ।
झापा क्षेत्र नं. ५ को निर्वाचन विश्वले हेर्ने भन्ने ओलीको भनाईलाई चुनौति दिदै कांग्रेस नेता लिङ्गदेनले आगामी निर्वाचनमा भ्रष्टाचारी, कालोबजारी, माफियाका तस्करहरुलाई दण्डित र तिरस्कार गर्दै इमान्दार र जनताको पक्षमा काम गर्ने जनताको छोरोलाई जिताएर देखाई दिन जनताहरु आतुर भएर बसेको बताएका छन् ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार