गुरुयोजनाविपरीत लुम्बिनीमा रिसोर्ट सञ्चालन गर्न दिने निर्णय खारेज
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
साउन १८, २०७९ बुधबार १७:५३:२७
![](https://nepalbahas.prixacdn.net/media/albums/lumbini-scaled-e1659507773122_LF4qCwku6c.jpg)
♦ मोहम्मद हबिब
१८ साउन, भैरहवा । लुम्बिनी विकास कोष परिषद्ले लुम्बिनी गुरुयोजनाविपरीत रिसोर्ट सञ्चालन गर्न जग्गा दिने निर्णय खारेज गरेको छ ।कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठटको अध्यक्षतामा बसेको बैठकले गत १९ जेठमा बसेको कार्यकारिणी समितिको बैठकबाट समसर्मा वेलनेस रिसोर्टलाई क्याम्पेन ग्राउन्डको जग्गामा निर्माण गर्न दिनेसम्बन्धी निर्णय खारेज भएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।
परिषद बैठकले प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा मनोनयनका लागि रणनीतिक मनोनयन दस्तावेज तयार गर्न अन्तर्राष्ट्रिय विज्ञ डइन मार्सल, अष्ट्रेलियालाई छनोट गर्ने, लुम्बिनी विकास कोषको आयोजनामा नोभेम्बर २०२२ मा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने, लुम्बिनीलाई प्राप्त विद्युतीय गाडीहरू पर्यटकहरूको सुविधाका लागि सञ्चालन गर्न गठन गरिएको कार्यदललाई यथाशीघ्र प्रतिवेदन पेस गरी सञ्चालन गर्ने, कपिलवस्तु क्षेत्रको पुरातात्विक क्षेत्रको संरक्षण र विकास गर्न वृहत्तर लुम्बिनी गुरुयोजनाअन्तर्गत तिलौराकोटको गुरुयोजना तयार गर्न तथा पुरातात्विक क्षेत्रको प्रजेन्टेबल हुने गरी संरक्षण गर्न मन्त्रालयमार्फत पहल गर्ने परिषदले निर्णय गरेको छ ।
लुम्बिनी जाने पर्यटकहरूलाई सुविधायुक्त र सहज अवलोकनका लागि विद्युतीय बस सञ्चालनको निर्णय गरिएको हो । यसले लुम्बिनी क्षेत्रका पर्यटकीय सम्पदा अवलोकनका लागि जाने पर्यटकलाई सहज हुनेछ । परिषद् बैठकले लुम्बिनी गुरुयोजनाको काम चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने निर्णय पनि गरेको छ । साथै विभिन्न बौद्धस्थललाई समेटेर बनाइने दीर्घकालीन गुरुयोजना निर्माणको प्रारम्भिक खाका दुई महिनाभित्र तयार गरिने भएको छ ।
परिषद् बैठकमा सदस्य सचिव सानुराजा शाक्यले प्रस्तुत गरेको कोषको आव २०७९-८० को नीति तथा कार्यक्रम र कोषाध्यक्ष ढुण्डिराज भट्टराईले प्रस्तुत गरेको आव २०७९-८० को बजेट पारित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
द क्लिफमा मेगाट्रोल सञ्चालनमा
फागुन २, २०८१ शुक्रबार
पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘सङ्घर्ष’
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार