जंगली जनावरले बालीनाली सखाप, तनावमा किसान
नेपालबहस संवाददाता
साउन १८, २०७९ बुधबार १८:४:५९
१८ साउन, बैतडी । बैतडीमा जंगली जनावरले बालीनाली सखाप पार्न थालेका छन् । बँदेल, बाँदर र दुम्सीले बालनाली सखाप पार्न थालेपछि किसान चिन्तित भएका हुन् । खास गरेर मुख्य खाद्यबालीको रुपमा रहेको मकैबाली ती जनावरले नष्ट गर्न थालेका छन् । दिउँसोमा बाँदर र रातिमा दुम्सी तथा जङ्गली बँदेलले मकैबाली र अन्य खाद्यबाली र फलफूल, तराकारी नष्ट गर्न थालेका दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका हरिश जोशीले बताए ।
जिल्लाका अधिकांश ठाउँमा मकैबाली जोगाउन किसानलाई धौधौ परेको छ । उनले भने, “दिउँसोमा बाँदर र रातिमा दुम्सी तथा जंगली बँदलले मकैबाली नष्ट गर्न थालेपछि मकैबाली जोगाउन धौधौ परेको छ । मकैबाली जंगली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नुपरेको छ ।”
पाक्नै तयारीमा रहेको मकैलाई जंगली जनावरले नष्ट गर्न थालेपछि समस्या भएको छ । उनले भने,“जंगली जनावर धपाउनकै लागि जाग्राम बस्नुपरेको छ, रातको निद्रा छैन, दिनमा भोक छैन ।” मकैको घोका लागेको बेलादेखिनै जंगली जनावरले मकैबाली नष्ट गर्न थालेपछि भोकमरीको चिन्तामा किसान रहेका छन् । बाँदर र बँदेलले लगातार रुपमा मकैबाली नष्ट गर्न थालेपछि ती जनावरलाई कसरी नियन्त्रण गर्ने भनेर किसानलाई पिरोलेको दशरथचन्द नगरपालिका– ५ का रमेश भट्टले जानकारी दिए ।
रातिको समयमा पहरा दिए पनि मकैबाली जोगाउन मुस्किल भएको किसानले बताएका छन् । टहरा बनाएर रातिको समयमा पहरा दिए पनि मकैबाली जोगाउन मुस्किल रहेको सुर्नया गाउँपालिकाका स्थानीय बासिन्दा सुरेश महराले बताए । “बाँदर धपाउन सबै काम छोडेर आफूहरुले मकैको गोठालो लाग्नु परेको छ । रातभरी खेतमै बस्नु परेपछि बाजागाजाका साधन टहरोमै लगेर गीत गाएर बस्ने गरेका छौँ । ” उनले भने,“हरेक वर्ष बँदेल धपाउन पहरा बस्ने गरेका छौँ । थाल ठटाउने पनि गरिएको छ ।”
बाँदरले मकैबालीसँगै आँप, अनार, लगायतका फलफूल पनि नष्ट पार्ने गरेको पाटनकी स्थानीय भागरथी भट्टले जानकारी दिए । वर्षेबालीका साथै फलफूल पनि जङ्गली जनावरले नष्ट गर्ने र जंगलमा मेलापात जान पनि जंगली जनावरको डर हुने गरेको छ । उनले भने,“ बालीनाली र फलफूल त सखाप पार्दै गएका छन् घासँ, दाउराका लागि जंगल जानसमेत जंगली जनावरको डर हुने गरेको छ ।” वर्षेबाली जंगली जनावरले नष्ट गर्न थालेपछि किसान भोकमरीको समस्या उत्पन्न हुने चिन्तामा रहेका छन् ।
साँझ बिहानको छाक टार्नको लागि लगाएको मकै बाली बँदेलले सखाप पर्दा निकै समस्या हुने देखिएको किसानको भनाइ छ । विभिन्न रोग कीराबाट बचाएर पाक्न लागेको मकैबाली जंगली जनावरले नष्ट पारेको हो । जंगली जनावरको आतंक बढ्दै गएकोले नियन्त्रणको लागि स्थानीय तहले पहल गरिदिनुपर्ने उनीहरुको माग रहेको छ । प्रत्येक वर्ष बालीनालीमा क्षति हुँदै आएको भए पनि क्षतिपूर्ति पाउन नसकेको उनीहरुको गुनासो छ । स्थानीय सरकारले पनि बालीनाली जोगाउने योजना ल्याउन सकेका छैनन् । किसानले बर्सेनि बालीनालीमा क्षति बेहोर्दासमेत सरकारले केही राहत नदिएको किसानले गुनासो गरेका छन् ।
स्थानीय सरकारले किसानका समस्या समाधान गर्न नसकेको दोगडा केदारका किसान इन्द्रदेवशरण भट्टले बताए । उनले भने,“मेहनत गरेर लगाएको बालीनाली र फलफूल जंगली जनावरको बथानले क्षणभरमै सखाप पार्ने गरेको छ, स्थानीय सरकारले यसबारे कुनै योजना बनाउन सकेको छैन्, ।”
बालीनालीमा क्षति पुगेको भए पनि स्थानीय तहबाट किसानले कुनै राहत पाउदैनन् । बाँदर जङ्गली बँदेल धपाउनका लागि कुनै विकल्प खोजेको छैनन् । किसानले बँदेललाई मार्नका लागि आग्रह गरेको भए पनि कानुनी रुपमा मार्न नमिल्ने बताउँदै आएका छन् । जिल्ला सदरमुकाममा रहेका दशरथचन्द नगरपालिकाले भने बाँदर धपाउनका लागि बन्दुक किनेको दशरथचन्द नगरपालिका –६ का अध्यक्ष महेन्द्र कार्कीले जानकारी दिए ।
उनले भने,“दशरथचन्द नगरपलिका क्षेत्रमा वर्षौंदेखि बाँदरको आतंक छ, बाँदर धपाउन पड्काउनेवाला बन्दुक किनेको र यो बन्दुकले केही हदसम्म बाँदर भागेर जान्छन्, तर पूर्ण रुपमा नियन्त्रण गर्न सकिएको छैन् ।” जंगल नष्ट हुँदा खानेकुराको अभावमा जङ्गली जनावर खेतबारीमा पस्ने गरेको बैतडी रहेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । उनले भने,“जंगल नष्ट हुँदा आहारका लागि जंगली जनावर गाउँ पस्ने गर्दछन्, वनजंगल संरक्षण गर्न सके केही हदसम्म कम हुनसक्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
गुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार