‘अमेरिकाले ताइवानको साथ छाड्ने छैन’ : न्यान्सी पेलोसी
नेपालबहस संवाददाता
साउन १८, २०७९ बुधबार २०:१५:१४
१८ साउन, एजेन्सी । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरेकी छिन । चीनको चेतावनीलाई वेवास्ता गर्दै गए राति यहाँ आएकी उनले ताइवानी नेताहरूसँग आज भएको भेटमा उनले ताइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न नसक्ने बतए ।
राष्ट्रपति साई इङ्ग–वेनसँगको भेटमा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताउँदै उनले विश्वभरि लोकतन्त्रको प्रवद्र्धनका निम्ति अमेरिका दृढ रहेको उल्लेख गरिन् । अमेरिका र चीनबीच तनाव बढेका बेला २५ वर्षको अन्तरालमा ताइवान भ्रमण गर्ने उनी उच्च अमेरिकी अधिकारी हुन ।
राष्ट्रपति साईले सभामुख पेलोसीले ताइवान भ्रमण गरेकोमा आभार व्यक्त गरे । उनले सभामुख पेलोसी ताइपइमा अवतरण गरेपछि मुख्यभूमि चीनबाट भएका सैन्य अभ्यास अनावश्यक प्रतिक्रिया भएका टिप्पणी गरे ।
कम्युनिस्ट शासित चीनले ताइवानलाई आफ्नो क्षेत्र मानेको छ । भने आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनः दाबी गर्न सक्ने बताएको छ ।
अमेरिकाले पनि ‘एक चीन’ नीति पालना गर्दै आएको छ । उसले बेइजिङलाई चीनको सरकारको रूपमा मान्यता पनि दिएको छ । साथै ताइवानसँग अनौपचारिक रक्षा सम्बन्ध र अन्य अमेरिकाले कायम नै राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु
पुष १४, २०८१ आइतबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार
दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाको मृत्यु
पुष १४, २०८१ आइतबार
कर्णालीका ९ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै
पुष १४, २०८१ आइतबार
पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’
पुष १४, २०८१ आइतबार
बेरोजगारी र परनिर्भरता अन्त्य गर्न व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
पुष १४, २०८१ आइतबार
चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन
पुष १४, २०८१ आइतबार
यी ठाउँमा आज पनि वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
पुष १४, २०८१ आइतबार