आँखा अस्पतालबाट बचेको समय ड्रागन फ्रुट खेतीमा रमाउँदै
नेपालबहस संवाददाता
साउन १९, २०७९ बिहिबार १८:१३:५९
१९ साउन, भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका(८ का प्रतीक पाण्डे ड्रागन फल (फ्रुट) को खेतीमा रमाइरहेका छन् । भैरहवास्थित लुम्बिनी रण अम्बिका शाह आँखा अस्पतालमा सूचना अधिकारीको रूपमा कार्यरत पाण्डे कार्यालय अघि(पछि र बिदाको दिन ड्रागत खेतीमै व्यस्त हुन्छन् । उनले अतिरिक्त आम्दानीको स्रोत ड्रागन खेतीलाई बनाएका छन् ।
पाण्डेले एक कठ्ठा जग्गामा ड्रागन खेती गरिरहेका छन् । तीन वर्षदेखि उक्त फलको खेती गर्दै आएका हुन् । एक सयवटा बोट लगाएका पाण्डेले एउटा बोटमा ३० वटासम्म फल फलाएका छन् ।
घरमा भएको ड्रागन फलको खेतीबाट उत्पादित ड्रागन स्थानीय बजारमा प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री हुने गरेको र बिक्रीका लागि कुनै समस्या नभएको उनले बताए ।
बजारमा यसको अत्यधिक माग छ । ड्रागन फलको बिरुवासमेत बनाएर रोप्न चाहने अरूलाई बिक्री गर्ने गरेको उनले बताए । स्थानीय नर्सरीमा ड्रागन फलको बिरुवा प्रतिगोटा दुई सयदेखि दुई सय ५० रुपैयाँसम्म पर्छ । ड्रागन फलको खेती गरेपछि खाली जमिनको समेत सदुपयोग भएको उनको भनाइ छ ।
यो फल वैशाखदेखि फल्न सुरु हुने उनले बताए । ‘वैशाखदेखि मंसिरसम्म फल्ने क्रम चलिरहन्छ, फल फलेको ३० दिनमा खानलायक हुन्छ,’ उनले भने । होटलमा आउने ग्राहकले यो फल अझ बढी रुचाएको आफूले जानकारी पाएको पाण्डेको भनाइ छ ।
‘लुम्बिनी रण अम्बिका शाह आँखा अस्पतालमा कार्यरत डा. सल्मा केसीले तीन वर्षअघि ड्रागन फल ल्याएकी थिइन, फल खाएपछि मन पर्यो, उनीसगै एउटा विरुवा ल्याएर रोपे, त्यसपछि ड्रागन फलको खेतीप्रति रुचि बढ्दै गयो ।’
ड्रागन फलको गुण भनेको एकपटक स्वाद लिइसकेपछि पटकपटक खान मन पराउने किसिमको भएको उनले बताए । खानलाई सजिलो हुने भएकाले यसको खेती, बजार सम्भावना राम्रो देखिएको पाण्डेको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन
पुष १२, २०८१ शुक्रबार
तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
पुष ११, २०८१ बिहिबार
सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय च्याउ दिवस : परिकार निःशुल्क चाख्न पाइने
पुष १३, २०८१ शनिबार
‘मध्यपुर महोत्सव’ अवलोकन गर्नेको घुइँचो
पुष १३, २०८१ शनिबार
एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छः प्रधानमन्त्री ओली
पुष १३, २०८१ शनिबार
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार बढी दीक्षित
पुष १३, २०८१ शनिबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार