बलात्कृत बालिकाको स्वास्थ्य अवस्था बिग्रदै, पीडक र गाउँलेबाट उल्टै धम्की
नेपालबहस संवाददाता
साउन १९, २०७९ बिहिबार १८:५०:७
♦सीपी लोहिया
१९ साउन, बैतडी ।
बैतडीको दशरथचन्द नगरपालिका– ८ की ८ वर्षीया बालिका १५ असारमा बलत्कृत भइन् । स्थानीय दाजु पर्ने १५ वर्षका किशोरले उनलाई जंगलमा लगेर जबरजस्ती करणी गरेका हुन् । पीडक किशोर अझै फरार छन् ।
बेहोस अवस्थामा बालिकाकी आमाले फेला पारेकी उनलाई एक हप्ता जिल्ला अस्पतालमा राखियो । त्यसपछि २० दिन घरमै बसेकी उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि ११ साउनमा पुनः अस्पतालमा ल्याइयो । यसपटक भने उनलाई चार दिन अस्पताल भर्ना गरिए पनि उपचार हुन सकेको छैन । अहिले बालिका हिँड्न नसक्ने भएकाले बोकेर लग्नुपर्छ ।
पीडित बालिकाकी आमाले भनिन्, ‘छोरीको थप उपचारका लागि धनगढी लग्नुपर्ने हो । हामीसँग एक रुपैयाँ छैन । कतैबाट सहयोग हुन्छ की भन्दै नगरपालिकामा पनि गयौँ ।
केही सहयोग पाइएको छैन । सहयोग पाउने आश छ । प्रहरीमा उजुरी गरेका थियौँ । अहिलेसम्म पक्राउ गरिएको छैन् । झन पीडक व्यक्तिको परिवार र गाउँलेबाट उल्टै धम्की आइरहेको छ ।’
पीडित बालिकाका बुवा अपांग छन् । उनी जन्मजात आँखा देख्दैनन् । कसैलाई देखेमा ठम्याउन सके पनि आँखाको उपचार हुन सकेको छैन । तीन सन्तानकी आमा रहेकी पीडित बालिकाकी आमाले मजदुरी गर्दै हुर्काएकी छोरी नै बलत्कृत भएपछि अहिले उक्त परिवारमा ठूलो आर्थिक समस्या परेको छ ।
यसरी भयो घटना
बालिकाकी आमा खेतमा मकै गोड्न गएकी थिइन् । आमालाई घर बोलाउन गएकी बालिका चिउरी खान गइन् । त्यसै बेला कतैबाट आएका किशोरले उनलाई तानेर झाडीमा लगेर करणी गरे ।
पाँच वर्षीय गाउँले बालकले छोरीलाई फलानोले पिटिरहेको भन्दै खबर गरेपछि २ घण्टापछि घटनास्थलमा पुगेकी आमाले छोरीलाई बेहोस अवस्थामा भेटिन् ।
हाडनाता करणी भएकी बालिकाकी आमाले प्रहरीमा खबर गरेका कारण पीडकको परिवारबाट बेला बेलामा धम्की आइरहेको पीडित बालिकाकी आमा बताउँछिन् ।
उनले भनिन्, ‘हामी गाउँ घरमै कुरा मिलाउथ्यौँ । किन प्रहरीमा रिपोर्ट गरेको भन्दै धम्की आउँछ । अब तिम्रो हाम्रो परिवारको रिसइबी सुरु भइसक्यो भन्छन् । म गरिब मान्छे के गरु ? । ’ पीडक किशोर अझै फेला नपरेकाले खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
मुलुकको समृद्धिका लागि प्राप्त ज्ञान उपयोग गर्न प्रधानमन्त्रीको आग्रह
पुष १३, २०८१ शनिबार
सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बन्दै बेत
पुष १३, २०८१ शनिबार
राष्ट्रिय च्याउ दिवस : परिकार निःशुल्क चाख्न पाइने
पुष १३, २०८१ शनिबार
‘मध्यपुर महोत्सव’ अवलोकन गर्नेको घुइँचो
पुष १३, २०८१ शनिबार
एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छः प्रधानमन्त्री ओली
पुष १३, २०८१ शनिबार
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार बढी दीक्षित
पुष १३, २०८१ शनिबार