भुवन केसीलाई महानायक बन्ने अन्तिम अवसर !

नेपालबहस संवाददाता
साउन १९, २०७९ बिहिबार १९:२१:२९

प्रदीप कार्की
१९ साउन, काठमाडौं । भुवन केसी नेपाली फिल्मको सर्वोच्च संस्था मानिने चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् । दोस्रोपटकको प्रयासमा नेपाली कांग्रेसको तर्फबाट बोर्ड अध्यक्ष बन्ने सपना उनले पूरा गरेका हुन् ।
गत २० वैशाखमा प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस प्रवेश गरेपछि उनी बोर्ड अध्यक्ष बन्नेछन् भन्ने चर्चा फिल्मनगरीमा चलेको थियो । बोर्ड अध्यक्ष बन्ने सर्तमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग मौखिक सहमतिमै उनी कांग्रेस प्रवेश गरेका थिए । उनीबाहेक अन्य १० जनाको अन्तर्वार्ता लिइए पनि कसैलाई सर्ट लिस्ट नै नगरी मनोनयन गरियो । मन्त्रिपरिषद् बैठकले भुवनलाई बोर्ड अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेपछि मातहतको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय नियुक्ति दिएको हो ।
केसीलाई प्रदेश सभामा लैजाने चर्चा पनि नचलेको होइन । यद्यपि नेताहरूका लागि उनलाई दिन उपयुक्त पद बोर्ड अध्यक्ष नै भएपछि मोटामोटी सहमति गरेर आवेदन दिन लगाइएको हो । चलचित्र क्षेत्रलाई नेपाल सरकारले सम्बोधन गर्ने कार्यकारी निकायको चाबी पाएका केसीले आउँदो दुई वर्षमा के गर्लान् रु हेर्न बाँकी छ । उनको नियुक्तिसँगै सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया छ ।
राजनीतिमा भुवन
भुवन केसी नेपाली फिल्ममा सफल मानिन्छन् । उनले अभिनयसँगै निर्माण र निर्देशनमा पनि आफूलाई सफल बनाए । पछिल्लो समय अभिनयमा सफल हुन नसकेपछि छोरा अनमोल केसीलाई लिएर उनले फिल्म निर्माण गर्दै आएका छन् । भुवन फिल्ममा सफल भए पनि राजनीतिमा भने जम्न सकेनन् । उनले एमालेबाट संविधानसभाको निर्वाचनका लागि पाएको टिकेटसमेत अन्तिममा फिर्ता गर्नुपरेको थियो ।
पार्टीमा माधवकुमार नेपाल निकट मानिएका भुवनले केपी ओली सत्ता र पार्टीको अध्यक्षमा आएपछि लाभको पद लिने प्रयास नगरेका होइनन् । उनले अध्यक्ष बन्न अगाडि पनि प्रयास गरे । यद्यपि पार्वत गुरुङ सञ्चारमन्त्री रहँदा उनको त्यो सपना पूरा भएन । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको सिफारिसमा उनकै क्षेत्रका दयाराम दाहाल बोर्ड अध्यक्ष बने ।
त्यसपछि असन्तुष्ट बनेका भुवनलाई नेपाली कांग्रेसमा समाजसेवी अनुराधा कोइरालाले ल्याएकी हुन् । उनले नै सभापति देउवासँग कुरा गरेर भुवनलाई बालुवाटारसम्म पु¥याएकी थिइन् । भुवनको कांग्रेस प्रवेशमा नीर शाह पनि थिए । यद्यपि उनको भूमिका स्पष्ट छैन । किनकि बोर्ड नियुक्तिका लागि उनले अन्यलाई पनि सहयोग गर्ने बचन दिएका थिए ।
जे होस् भुवन यसपटक राजनीतिमा सफल भए । कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँको सहयोगमा उनी बोर्डको बलियो उम्मेदवार बन्न पुगे । आफ्नो स्टारडमको प्रयोग गर्दै अन्यभन्दा आफूलाई बलियो उम्मेदवार बनाए । बोर्ड अध्यक्ष बन्ने सुनिश्चित भएपछि मात्र उनले आवेदन दिएका थिए । नेपाली फिल्ममा ‘अवसरवादी’ चरित्रका मानिने भुवनले आउँदो दिनमा राजनीतिलाई कसरी अगाडि बढाउने छन् रु यो हेर्न बाँकी छ । उमेरले साढे ६ दशक पुग्न लागेका भुवनले पाउने कार्यकारी पद भनेको यही हो । अब उनले राजनीतिबाट मात्र कार्यकारी पद हासिल गर्नसक्नेछ । नेपालमा ६५ वर्ष नाघेपछि सरकारी पदमा अवकाश पाउने भएकाले रिटायर्ड लाइफको संघारमा रहेका भुवनलाई असफल हुने छुट छैन ।
महानायक बन्ने अवसर
सिनेमासम्बन्धी कार्यक्रम चलाउने एक सञ्चारकर्मीले राजेश हमालले महानायकको उपाधि दिए । यसमा भुवन असतुष्ट रहेको कुरा लुकेको छैन । व्यावसायिक रूपमा सफल फिल्म दिएका भुवनले राजेश हमाललाई महानायकको रूपमा स्वीकारेका छैनन् । यद्यपि अहिले भुवन नेपाली फिल्मलाई नेपाल सरकारसँग जोड्ने सर्वोच्च संस्था चलचित्र विकास बोर्डको सर्वोच्च पदमा छन् । उनी दुई वर्ष अध्यक्षको चेयरमा रहनेछन् । उनको स्टारडम र अनुभवले फिल्मकर्मीको लागि हित गर्न सके उनी ‘महानायक’ बन्नेछन् ।
नेपाली फिल्ममा चार दशकको यात्रा तय गरेका भुवनले धेरै समस्यालाई समाधान गर्नु छ । उनले ड्राफ्टमै सीमित चलचित्र नीतिलाई पारित गराएर कार्यान्वयन गर्न सके अहिले नेपाली फिल्म र फिल्मकर्मीले झेलिरहेको धेरै समस्या समधान हुन् सक्छ । हलहरूमा जडान भएको बक्स अफिसको डाटासमेत फरक आइरहेको छ । वितरकले दिने र बक्स अफिसले दिने हिसाबमा किन फरक आइरहेको छ रु उनले यसलाई सुल्झाउनुपर्नेछ ।
निगरानी उपत्यकाभन्दा पनि मोफसलको तराईका हलहरूमा बढाउनु आवश्यक छ । नेपाली फिल्मको प्रदर्शनलाई लिएर बेलाबखतमा आवाज उठ्ने गरेका छन् ।
घरेलु बक्स अफिसमै नेपाली फिल्मको तुलनामा विदेशीले ग्राहयता पाउने गरेको गुनासो नौलो होइन । स्वयं उनकै छोरा अनमोल केसीले अभिनय गरेको पछिल्लो फिल्म ‘ए मेरो हजुर ४’ प्रदर्शनको समयमा भोगेको समस्यालाई उनले कसरी सुल्झाउँछन् ? त्यो हेर्न बाँकी छ । बढ्दो मेकिङ खर्च तर बजार विस्तार हुन नसक्दा पीडा झेलिरहेका निर्माताको उद्धारकर्ता उनी कसरी बन्नेछन् ? त्यो हेर्न बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म‘लाज शरणम्’को एडभान्स बुकिङ आक्रामक, केही शो हाउसफुल
फागुन १३, २०८१ मंगलबार
उत्साहजनक शो संख्या सहित ‘फेरि रेशम फिलिली’ को बुकिङ जारी
फागुन १३, २०८१ मंगलबार
‘लाज शरणम्’ को निर्माणमा कुनै सम्झौता गरेका छैनौं: निर्माता श्रेष्ठ
फागुन १२, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार